१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बढ्यो वैदेशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया

बढ्यो वैदेशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया
अ अ+ अ-

काठमाडौँ । आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ ।

म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढ्दै गएको आप्रवासी स्रोत केन्द्र विराटनगरले जनाएको छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म मात्रै मोरङमा वैदेशिक रोजगारीमा जाने एक सय ६ जना ठगिएका छन् । ठगिएकाहरूले मोेरङ प्रशासन तथा आप्रवासी स्रोत केन्द्रमा उजुरीसमेत दिएका छन् । जसमा हालसम्म मात्र १७ जनाले न्याय पाउँदा प्रमाणको अभावमा धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आप्रवासी श्रोत केन्द्र, मोरङका संयोजक दीपक राउतले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म ठगी सम्बन्धी १०६ वटा केस प्राप्त भएको बताउनु भयो । उहाँले १७ वटा समाधान भएको र त्यसबाट प्राप्त रकम १ करोड १३ लाख ४३ हजार ५ सय रहेको बताउनु भयो ।

वैदेशिक रोजगारीमा जानेहरूलाई उचित परामर्शका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सहायता कक्ष राखिएको छ । सहायता कक्षबाट वैदेशिक रोजगारीमा जानेहरूलाई नि:शुल्क परामर्श, आवश्यक कानूनी सहायता र सीपमुलक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । यद्यपि, आफन्त तथा विचौलियाको लहलहैमा लागेर ठगिने क्रम बढेको परामर्शकर्ताहरू बताउँछन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा आप्रवासी केन्द्र मोरङका परामर्श कर्ता सरोजकुमार खनालले वैदेशिक रोजगारीमा ठगीमा पर्ने र विदेश गइसकेपछि ठगीमा पर्नेहरुलाई पनि केन्द्रले सहजीकरण गरेर घर फर्काउने काम गरेको बताउनु भयो । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई केन्द्रले नि:शुल्क सीप तालिम दिने गरेको बताउनु भयो ।

अघिल्ला वर्षहरूमा खाडी मुलुकसँग सम्बन्धित ठगिएका घटनाहरू बढी आउने गरेका थिए । तर पछिल्लो समय युरोपियन मुलुकहरूमा पठाउनेहरूबाट पनि ठगी भएको भन्दै उजुरी प्राप्त हुन थालेको छ । मलेसिया, साउदी, दुबई, माल्टा र रोमानियाका साथै पछिल्लो समय क्यानाडा, अस्ट्रेलिया, पोल्याण्ड र जापान पठाउनेहरूले पनि ठगी गर्ने गरेको घटना बाहिर आउन थालेको मोरङ प्रशासनले जनाएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले अहिले धेरै नै युवापुस्ताहरु ठगिएको बताउनु भयो । उहाँले अहिले अस्टे«लिया, जापान पठाइदिन्छु भनेर उतै बसेको मानिसले नेपालमा एजेण्टमार्फत पैसा लिएर ठग्ने गरेको पाइएको बतउनु भयो ।

वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेपछि मोरङ प्रशासनले सरकारद्वारा मान्यताप्राप्त म्यानपावरबाट मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । म्यानपावर र वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।