• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गण्डकी मन्त्रिपरिषद पुनर्गठन, दीपक मनाङे मन्त्री बन्दै



फाईल फोटो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाउने तरखर गरेका छन् ।

मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको बताईएको छ । यसैगरी, कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद पुनर्गगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीले आज दिउँसो तीन बजे शपथ लिने कार्यक्रम रहेको छ ।