२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धभूमिबाट नागरिकको चित्कार, परराष्ट्रमन्त्री प्रचार कूटनीतिमा



अ+ अ-

काठमाडौं । रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा प्रयोग भइरहेका नेपाली नागरिकले स्वदेश फर्काइदिने पहल गरिदिन दिनदिनै जसो हारगुहार गरिरहेका छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यमबाट आफ्ना गुनासा मात्र सुनाइरहेका छैनन, उद्धारका लागि भारतको समेत गुहार मागिसकेका छन् । तर नेपाल सरकारले फिर्ता ल्याउन सकेको छैन ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिले दिनदिनै जसो विभिन्न देशका राजदूतहरुसँग भेटघाट गरिरहेका छन् । भारत, चीन, अमेरिका, युरोपेली युनियनलगायतका राजदूतलाई बोलाएर परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो सक्रियता देखाउन खोजेका छन् । उनले रुसी राजदूतलाई सिंहदरबारमै बोलाएर छलफल गरे भने आफ्ना रुसी समकक्षीलाई टेलिफोन गरेर रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र त्यहाँको सेनामा रहेकाहरुलाई फर्काइदिन आग्रह गरे । तर उनले यसरी भेटघाट र छलफल तीव्र पारिरहँदा पनि विदेशमा अलपत्र परेका नेपालीको भने उद्धार हुन सकेको छैन ।

कूटनीति भनेको प्रचारमुखी हुँदैन । कतिपय अवस्थामा ट्रयाक टू कूटनीति पनि प्रयोग गर्नुपर्छ । कूटनीतिक नियोग, राजदूतावास वा आफ्ना संयन्त्रहरुबाट विदेशी मुलुकहरुसँग प्रस्तुत गर्ने गरिन्छ । यति यसबाट मात्र नभएर राम्रो सम्बन्ध भएका मुलुकहरुमार्फत् आफ्ना एजेन्डा सम्बन्धित देशमा पुर्‍याउने गरिन्छ । तर परराष्ट्रमन्त्री श्रेष्ठले अहिले दैनिक भइरहेका सामान्य भेटघाट र औपचारिक–अनौपचारिक छलफलाई प्रचारको माध्यम बनाएका छन् । कसैसँग भेट भएर केही कुरा गरे लगत्तै फोटो खिचेर सार्वजनिक गर्ने र आज यस्तो कुरा भयो भन्ने प्रचार गरिहाल्ने गरेको देखिन्छ । तर यो प्रचारमुखी शैली मात्र हो । प्रचारमुखी कूटनीतिले मन्त्रीलाई प्रचारमा ल्याउन केही सहयोग पुगेपछि मुलुकलाई फाइदा पुग्न सक्दैन ।

परराष्ट्रमन्त्री प्रचार कूटनीतिमा लागि रहेका बेला रुसी सेनामा भर्नाका भएका थप ७ नेपालीको मृत्यु भएको पुष्टि भयो । अहिलेसम्म रुसमा १९ जना नेपालीको मृत्यु भइसकेको छ । रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । रुसी सरकारसँग यस विषयमा सरकारले पटक पटक जवाफ मागेको भए पनि रुसले दिनै चाहेको छैन । न त रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता हुनै दिएको छ ।

रुसी सेनामा रहेकाहरुको कुरा मात्र होइन, रुसी सेनामा गैरकानुनी रुपमा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका पाँच नेपालीलाई सरकारले छुटाउन सकेको छैन । यी नेपालीलाई युक्रेनले पटक पटक सार्वजनिक गरिसकेको छ । सरकारले प्रक्रिया जारी रहेको बताए पनि अहिलेसम्म ठोस प्रगति छैन । युद्धका क्रममा विभिन्न स्थानबाट कब्जामा लिइएका नेपालीलाई युक्रेनले एकै स्थानमा भेला गरिसकेको छ ।

युक्रेनले शुक्रबार ८ जना रुसी सेनामा कार्यरत अन्य मुलुकका नागरिकलाई एकै पटक सार्वजनिक गरेको थियो । उसले ग्लोबल साउथका मुलुकलाई आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा रोक लगाउनका लागि पनि सार्वजनिक रूपमै आग्रह गरेको छ । तर नेपालबाट रुस पुग्न क्रम नरोकिएको आशंका छ ।

सरकारले नेपालीलाई अवैध बाटो हुँदै रुस पुर्‍याउने गिरोह खोज्नै सकेको छैन । नेपालबाट युएई हुँदै मस्को पुर्‍याउने गिरोह कहाँ छ भन्ने पत्तो सरकारले लगाउन सकेको छैन । मानव तस्करहरुको जालो तोड्न नसक्दा नेपालीहरु असुरक्षित बनिरहेका छन् । विभिन्न प्रलोभनमा रुस पुगेकाहरुले आफूहरुलाई लैजानेहरुको विवरण सार्वजनिक गरिरहेका छन् । तर सरकारले त्यसबाट थप खोजी गर्न नसक्दा नागरिकको चित्कारप्रति सरकार उदासीन रहेको देखिन्छ ।