२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

युद्धभूमिबाट नागरिकको चित्कार, परराष्ट्रमन्त्री प्रचार कूटनीतिमा

युद्धभूमिबाट नागरिकको चित्कार, परराष्ट्रमन्त्री प्रचार कूटनीतिमा
अ अ+ अ-

काठमाडौं । रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा प्रयोग भइरहेका नेपाली नागरिकले स्वदेश फर्काइदिने पहल गरिदिन दिनदिनै जसो हारगुहार गरिरहेका छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यमबाट आफ्ना गुनासा मात्र सुनाइरहेका छैनन, उद्धारका लागि भारतको समेत गुहार मागिसकेका छन् । तर नेपाल सरकारले फिर्ता ल्याउन सकेको छैन ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिले दिनदिनै जसो विभिन्न देशका राजदूतहरुसँग भेटघाट गरिरहेका छन् । भारत, चीन, अमेरिका, युरोपेली युनियनलगायतका राजदूतलाई बोलाएर परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो सक्रियता देखाउन खोजेका छन् । उनले रुसी राजदूतलाई सिंहदरबारमै बोलाएर छलफल गरे भने आफ्ना रुसी समकक्षीलाई टेलिफोन गरेर रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र त्यहाँको सेनामा रहेकाहरुलाई फर्काइदिन आग्रह गरे । तर उनले यसरी भेटघाट र छलफल तीव्र पारिरहँदा पनि विदेशमा अलपत्र परेका नेपालीको भने उद्धार हुन सकेको छैन ।

कूटनीति भनेको प्रचारमुखी हुँदैन । कतिपय अवस्थामा ट्रयाक टू कूटनीति पनि प्रयोग गर्नुपर्छ । कूटनीतिक नियोग, राजदूतावास वा आफ्ना संयन्त्रहरुबाट विदेशी मुलुकहरुसँग प्रस्तुत गर्ने गरिन्छ । यति यसबाट मात्र नभएर राम्रो सम्बन्ध भएका मुलुकहरुमार्फत् आफ्ना एजेन्डा सम्बन्धित देशमा पुर्‍याउने गरिन्छ । तर परराष्ट्रमन्त्री श्रेष्ठले अहिले दैनिक भइरहेका सामान्य भेटघाट र औपचारिक–अनौपचारिक छलफलाई प्रचारको माध्यम बनाएका छन् । कसैसँग भेट भएर केही कुरा गरे लगत्तै फोटो खिचेर सार्वजनिक गर्ने र आज यस्तो कुरा भयो भन्ने प्रचार गरिहाल्ने गरेको देखिन्छ । तर यो प्रचारमुखी शैली मात्र हो । प्रचारमुखी कूटनीतिले मन्त्रीलाई प्रचारमा ल्याउन केही सहयोग पुगेपछि मुलुकलाई फाइदा पुग्न सक्दैन ।

परराष्ट्रमन्त्री प्रचार कूटनीतिमा लागि रहेका बेला रुसी सेनामा भर्नाका भएका थप ७ नेपालीको मृत्यु भएको पुष्टि भयो । अहिलेसम्म रुसमा १९ जना नेपालीको मृत्यु भइसकेको छ । रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । रुसी सरकारसँग यस विषयमा सरकारले पटक पटक जवाफ मागेको भए पनि रुसले दिनै चाहेको छैन । न त रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता हुनै दिएको छ ।

रुसी सेनामा रहेकाहरुको कुरा मात्र होइन, रुसी सेनामा गैरकानुनी रुपमा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका पाँच नेपालीलाई सरकारले छुटाउन सकेको छैन । यी नेपालीलाई युक्रेनले पटक पटक सार्वजनिक गरिसकेको छ । सरकारले प्रक्रिया जारी रहेको बताए पनि अहिलेसम्म ठोस प्रगति छैन । युद्धका क्रममा विभिन्न स्थानबाट कब्जामा लिइएका नेपालीलाई युक्रेनले एकै स्थानमा भेला गरिसकेको छ ।

युक्रेनले शुक्रबार ८ जना रुसी सेनामा कार्यरत अन्य मुलुकका नागरिकलाई एकै पटक सार्वजनिक गरेको थियो । उसले ग्लोबल साउथका मुलुकलाई आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा रोक लगाउनका लागि पनि सार्वजनिक रूपमै आग्रह गरेको छ । तर नेपालबाट रुस पुग्न क्रम नरोकिएको आशंका छ ।

सरकारले नेपालीलाई अवैध बाटो हुँदै रुस पुर्‍याउने गिरोह खोज्नै सकेको छैन । नेपालबाट युएई हुँदै मस्को पुर्‍याउने गिरोह कहाँ छ भन्ने पत्तो सरकारले लगाउन सकेको छैन । मानव तस्करहरुको जालो तोड्न नसक्दा नेपालीहरु असुरक्षित बनिरहेका छन् । विभिन्न प्रलोभनमा रुस पुगेकाहरुले आफूहरुलाई लैजानेहरुको विवरण सार्वजनिक गरिरहेका छन् । तर सरकारले त्यसबाट थप खोजी गर्न नसक्दा नागरिकको चित्कारप्रति सरकार उदासीन रहेको देखिन्छ ।