• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु



अर्घाखाँची । सीतापुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ । माटोमा पुरिएर एकजना गम्भीर घाइते भएका छन् ।

शीतगङ्गा नगरपालिका–२ सीतापुरको सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर स्थानीय अन्दाजी ४० वर्षीाय शारदा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले बताउनुभयो ।

गम्भीर घाइते भएकी राधा अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस