२७ श्रावण २०८३, बुधबार
,
Latest
शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्नथाले अलैँची बगान



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उहाँ अलैँची बगानमै भेटिनुहुन्छ  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थाल्नुभएको छ । सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त हुनुहुन्छ ।

ताप्लेजुङका अर्लैँची किसान अचेल अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन् । लामो समयसम्म वर्षा हुनसकेको छैन । वर्षा नभएपछि अलैँची बगान सुक्न थालेका छन् । अलैँची सुक्न थालेसँगै किसानमा चिन्ता बढेको छ । समयमै सिँचाइ गर्न सकिएन भने अलैँची बगान नै सुक्ने शेरबहादुर लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो– “अहिले १६ वटा स्प्रिङकल ९सिँचाइ गर्ने मेसिन० घुमाइ राखेको छु । एक ठाउँबाट अर्कोमा सार्नमै व्यस्त छु ।”

यसवर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिउँ न्यून मात्रामा परेको छ । वर्षा र हिमपात न्यून भएसँगै अलैँची बगानका लागि चिस्यानको समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेका फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृष्ण गुरुङको भनाइ छ । आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्नथालेपछि किसान चिन्तित बनेका छन् ।

विगत वर्षमा पुसमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यसवर्ष भने ताप्लेजुङको हिमाली क्षेत्रमा खासै हिमपात भएन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोतमा पनि कमि हुँदै गएको किसान बताउँछन् । सिरिजङ–६ माङ्माखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने उहाँको भनाइ छ । साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्नुपर्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल हालेर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझड्ले छोप्ने र त्यसमा सिँचाइ गर्ने गरिन्छ ।

यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा पानी नहुँदा असर परेको छ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्‍याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ  । जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई असर पर्ने किनान बताउँछन् ।

अलैँचीलाई ओसिलो जमिन र सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा ६१ वडा छन् । फक्ताङलुङ–७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । जिल्लाको मुख्य आम्दानीको स्रोत नै अलैँची हो । अहिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन ९४० किलो० अलैँची रु ७९ हजारमा खरिदबिक्री भइरहेको किसान बताउँछन् । रासस




भर्खरै