१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेपालबाट विदेश जाने बढी जनसंख्या २० देखि २९ वर्ष उमेर समूहका

नेपालबाट विदेश जाने बढी जनसंख्या २० देखि २९ वर्ष उमेर समूहका
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्याका वागमती प्रदेशमा बस्ने गरेको देखिएको छ ।

आईतवार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या वागमती प्रदेशमा बस्ने गरेको देखाएको हो । तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग वागमतीमा बस्ने गरेको बताउनु भयो । उहाँले निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताउनु भयो । उहाँकाअनुसार कर्णाली प्रदेशमा करिव ४.२ प्रतिशत मात्रै जनसंख्या उच्च वर्गको जीवनस्तर भएका छन् ।

तथ्याङ्क कार्यालयकाअनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरुको जनसंख्या करिव २२ लाख रहेको छ । निर्देशक लामिछानेकाअनुसार नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिएको बताउनु भयो । उहाँले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको बताउनु भयो । उहाँले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताउनु भयो ।

उहाँले पहाडी जिल्लाका काठमाडौं र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भएपनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गर्नुभयो । तथ्याङ्क कार्यालयकाअनुसार उमेरको हिसावमा ०–१४ वर्षसम्मका बालबालिको २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताउनु भयो । उहाँले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पछिल्लो १० वर्षमा हिमालको जनसख्या घटेको देखिन्छ । तर पहाडको पनि घट्दै र तराईको जनसख्या बढ्दै गएको छ । ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको छ । तराईका जिल्लाका नगरपालिका र गाउँपालिकामा जनसख्या बराबर जस्तो रहेको छ । पहाडी जिल्लाका काठमाडौं महानगरपालिका लगायतमा धेरै भएपनि अन्य नगरपालिकामा जनसख्या कम देखिन्छ । उमेरको हिसावमा तथ्याङ्क हेर्दा फरक किसिमले आएको छ । ०–१४ वर्षसम्मका बालबालिको उमेर प्रतिशत २७.८ प्रतिशतमा आएको छ । २०६८ मा ३४.९ थियो । १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशत बाट झरेर ४३.३ प्रतिशतमा पुगेको छ । ६५ भन्दा माथि उमेर समूहको जनसख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको छ ।’

‘अन्य देशको तुलनामा बालबालिका उमेर समूहको जनसंख्या कम हुँदै गएकाले ६५ भन्दा माथिको जनसंख्या बढ्दै जाने अवस्था देखिन्छ । तर अहिले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशतसम्म रहेको भन्दै नेपालको राम्रो पक्ष रहेको छ । नेपालका आश्रित जनसंख्या कम भएको छ । जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको छ । त्यसले राम्रो संकेत गरेको छ । नेपालको करिव २२ लाख जनसंख्या विदेशमा बसोवास गरेको देखिन्छ । सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिन्छ । नेपालमा फर्कन सक्ने जनसंख्याको तथ्याङ्क हो । कर्णाली प्रदेशमा करिव ५१ प्रतिशत जनसंख्या कमजोर वर्गका बस्ने गरेको देखिएको छ । वागमती प्रदेशमा ३८ प्रतिशत जनसंख्या उच्चगुणस्तर वर्गका बस्ने गरेको छ । कणाली प्रदेशमा ४.२ प्रतिशत मात्रै उच्च वर्गमा देखिएको छ ।’

उहाँले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताउनु भयो । उहाँकाअनुसार जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताउनु भयो ।