• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुने



एजेन्सी । भारतको निर्वाचन आयोगले देशको आगामी आम निर्वाचन अप्रिल १९ देखि सात चरणमा हुने जनाएको छ ।

भारतका मुख्य निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा जुन १ गतेसम्म हुने निर्वाचनको सम्पूर्ण कार्यतालिका घोषणा गर्नुभएको हो ।

दक्षिण एशियाली देशका १० लाखभन्दा बढी मतदान केन्द्रमा करिव ९७ करोड मानिसले मतदान गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् । कुमारले पैसाको दुरुपयोग, मांसपेशी, गलत सूचना र आदर्श आचारसंहिता उल्लङ्घन निर्वाचन आयोगका प्रमुख चुनौति रहेको बताउनु भयो । आगामी निर्वाचनमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)बाट वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न खोजिरहनुभएको छ ।

उहाँले मुख्य विपक्षी कांग्रेस पार्टीको नेतृत्वमा रहेको इण्डियन नेशनल डेभलपमेण्टल इन्क्लुसिभ एलायन्स (इण्डिया) नामक करिब दुई दर्जन विपक्षी दलहरूको गठबन्धनबाट चुनौती सामना गर्नुपर्नेछ । मोदीको भाजपाले आफ्नो लागि ३७० सिट र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) भनेर चिनिने गठबन्धनका लागि ४०० सिटको लक्ष्य राखेको छ । २०१९ मा भएको पछिल्लो चुनावमा, भाजपाले भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनमा ३०३ सिट जितेको थियो । सन् १९८० मा गठन भएयता त्यो पार्टीको अहिलेसम्मकै धेरै सिट हो । सन् १९४७ मा बेलायती शासनबाट देश स्वतन्त्र भए यता धेरै वर्ष सत्तामा रहेको भारतीय कांग्रेस पार्टी पुनरागमनका लागि कडा संघर्ष गरिरहेको छ ।