१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको प्रतिगनमकारी कदम विरुद्ध नागरिक समाजको प्रर्दशन



अ+ अ-

काठमाडौं । अहिंसात्मक नागरिक प्रर्दशनको नाममा सनिबार पनि काठमाण्डौको माईतिघर मण्डलामा सरकारको प्रतिगनमकारी कदम विरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रर्दशन गरेका छन् । 

प्रतिनिधिसभा मार्न पाईदैन, निरंकुश सरकार चाहिदैन भन्दै नागरिक समाजका प्रतिनिधिले माईतिघर मण्डलामा प्रर्दशन गरेका हुन् । संबैधानिक निकायको कब्जा बन्द गर, संबैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए । 

प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो ।