• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

भविष्यको कार कस्तो हुने ? बालबालिकासँग टोयोटाले माग्यो डिजाइन, नेपालबाट ९ जना छनौट



काठमाडौँ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको बताएको हो । सिण्डिकेन्टले नेपालबाट १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि ९ जना छनोट गरेको बताएको छ ।

कार्यक्रमका क्रममा बोल्दै सिण्डिकेन्टका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिष्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरुलाई जापान विश्वस्तरको प्रतिष्पर्धाका लागि जापान पठाइने बताउनु भयो । उहाँले युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले तीन क्याटोगरीमा सात वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्मा विभाजन गरी तीन क्याटोगरीबाट समान ३/३ जना छनोट गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१७ औं टोयटा ड्रिम कार आर्ट कन्टेस्ट नेपालमा मात्र नभइ विश्वभर आर्ट कम्पिटिशन भइरहेको छ । नेपालमा पनि यसको इभेण्ट हामीले गरिरहेका छौँ । यो गत वर्ष ९० वटा देशबाट लगभग ८ लाख सहभागी भएका थिए । त्यसमा नेपालबाट पनि हुनुहुन्थ्यो । एउटा सात वर्षसम्मको क्याटोगरी, अर्को ८ देखि ११ र १३ देखि १५ वर्षसम्मको तीन वटा क्याटोगरी छ । यसको कन्सेप्ट साना बालबालिकाहरुको लागि एउटा ड्रिम कन्सेप्ट कार हुन्छ भन्ने हिसावले आर्ट कन्टेस्ट गरिएको हो । तीन वटा क्याटोगरीबाट ९ जना छनोट हुनुभएको छ । यो हामीले वल्र्ड कम्पिटिशनका लागि जापान पठाउनेछौँ । यसमा ८ सय बढी बालबालिकाहरुले सहभागिता रहनुभएको छ ।’

७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट मा नेपालमा ८ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएको बताउनु भयो । यसले साना बालबालिकाहरुको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने बताउनु भयो । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्‍याउने टोयोटाले अपेक्षा गरेको बताएको छ । सन् २००४ देखि टोयोटाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ ।