८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एनभिए महिला तथा पुरुष भलिबलमा आर्मी विजयी

एनभिए महिला तथा पुरुष भलिबलमा आर्मी विजयी
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्पm सुखद् शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि शुरु भएको च्याम्पिनसिपमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सुखद् शुरुवात गरेको हो । गण्डकीले पहिलो‌ सेटमा विभागीय प्रतिद्वन्द्वीलाई चुनौती दियो । तर त्यसपछि भने कमजोर प्रदर्शन गर्यो । आर्मीले पहिलो सेट २९–२७ ले संघर्षपूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो । त्यसपछि भने आर्मीले २५–१९ र २५– १७ ले आफ्नो बनाउँदैे सुखद नतिजा निकाल्यो । अर्को विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

पुलिसले कर्णाली प्रदेशलाई‌ ३–० को‌ सोझो सेटमा हरायो । पुलिसले खेल २५–९, २५–१३, २५–१३ ले आफ्नो पक्षमा पारेको हो । पुरुषमा नै कोशी प्रदेशले ढोरपाटन भलिबल क्लवलाई ३–१ को सेटमा हरायो । यस क्रममा कोशीले उत्कृष्ट पुनरागमन ग¥यो । पहिलो सेट कोशीले २५–२३ ले गुमाएको थियो । त्यस पछिका तीन सेट भने कोशीले क्रमशः २५–२०, २५–१८, २५–१९ ले आफ्नो पक्षमा पार्दै सुखद् शुरुवात ग¥यो । च्याम्पियनसिपमा पुरुषतर्फ १३ टोलीले प्रतिष्पर्धा गरेका छन् । यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन् । एभरेष्ट भलिबल क्लबले जित निकाल्यो । एभरेष्टले कर्णाली प्रदेशलाई ३–० को‌ सोझो सेटमा हरायो । एभरेस्टले कर्णालीलाई २५–१२, २५–७ र २५–११ ले सहजै हरायो । महिलामा कुल सात टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।