१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनभिए महिला तथा पुरुष भलिबलमा आर्मी विजयी



अ+ अ-

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्पm सुखद् शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि शुरु भएको च्याम्पिनसिपमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सुखद् शुरुवात गरेको हो । गण्डकीले पहिलो‌ सेटमा विभागीय प्रतिद्वन्द्वीलाई चुनौती दियो । तर त्यसपछि भने कमजोर प्रदर्शन गर्यो । आर्मीले पहिलो सेट २९–२७ ले संघर्षपूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो । त्यसपछि भने आर्मीले २५–१९ र २५– १७ ले आफ्नो बनाउँदैे सुखद नतिजा निकाल्यो । अर्को विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

पुलिसले कर्णाली प्रदेशलाई‌ ३–० को‌ सोझो सेटमा हरायो । पुलिसले खेल २५–९, २५–१३, २५–१३ ले आफ्नो पक्षमा पारेको हो । पुरुषमा नै कोशी प्रदेशले ढोरपाटन भलिबल क्लवलाई ३–१ को सेटमा हरायो । यस क्रममा कोशीले उत्कृष्ट पुनरागमन ग¥यो । पहिलो सेट कोशीले २५–२३ ले गुमाएको थियो । त्यस पछिका तीन सेट भने कोशीले क्रमशः २५–२०, २५–१८, २५–१९ ले आफ्नो पक्षमा पार्दै सुखद् शुरुवात ग¥यो । च्याम्पियनसिपमा पुरुषतर्फ १३ टोलीले प्रतिष्पर्धा गरेका छन् । यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन् । एभरेष्ट भलिबल क्लबले जित निकाल्यो । एभरेष्टले कर्णाली प्रदेशलाई ३–० को‌ सोझो सेटमा हरायो । एभरेस्टले कर्णालीलाई २५–१२, २५–७ र २५–११ ले सहजै हरायो । महिलामा कुल सात टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।