८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको होः सहअध्यक्ष श्रेष्ठ

सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको होः सहअध्यक्ष श्रेष्ठ
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको छ ।

शनिवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको हो । उहाँले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताउनु भयो । उहाँले नेसपाले गत मंसिर ६ गते नै केन्द्रिय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताउनु भयो ।

उहाँले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमती भएको र पार्टी एकताको शर्तसहित आफूहरुले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताउनु भयो । उहाँले आफूहरु पार्टी एकता गर्ने डेढ वर्ष अगाडीको सहमती अनुरुप अगाडी बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि । नेपाल समाजवादी पार्टीको बैठक बसेको हो । नेपाल समाजवादी पार्टीको बैठक बस्दै गर्दाखेरी नेपाल समाजवादी पार्टीमा फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन । यो त नेपाल समाजवादी पार्टीको एकता संयोजन समिति र नेकपा(माओवादी केन्द्र) एकता संयोजन समितिको बिचमा संयुक्त बैठक बसेको हो । त्यसो भएको हुनाले यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन । नेपाल समाजवादी पार्टी ।

सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो । त्यो त हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रिय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौँ । र त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन । आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय गर्यो । पार्टी एकता गर्ने भनेर हिजो चुनावभन्दा अगाडी नै हामी तयार भएको हो नि ।

विविध कारणले गर्दा पार्टी एकता गर्न सकेनौँ । र पार्टी एकता गर्न नसकिसके पछाडी नेकपा(माओवादी केन्द्र)को गोलाकारभित्रको चुनाव चिन्ह हामी नेपाल समाजवादी पार्टीको तर्फबाट पनि लिएर हामी चुनाव लडेको हो । त्यो त पार्टी एकता गर्ने शर्तसहित गरेको थियौँ नि त । हामी डेढ वर्ष अगाडीको जुन सहमती हो । त्यो सहमती अन्तर्गत नै अगाडी बढेका छौँ र आज त्यसलाई अझ ठोस, अझ मूर्त निर्णयमा पुर्याएका छौँ ।’

सहअध्यक्ष श्रेष्ठले आफूहरुले नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानुनी रुपमा आफुहरु माओवादी केन्द्रको सांसद भएको बताउनु भयो । आफूहरुले कुनै सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उहाँले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म वागमती प्रदेश सरकारको मन्त्री भएपनि त्यो विगतमै भएको बताउनु भयो । सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरु पार्टी एकताको बिरोधी भएका उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामीले अहिले चाहेर पनि नेपाल समाजवादी पार्टीको सांसद भनेर कानूनी रुपमा दाबी गर्ने ठाउँ रहँदैन । पार्टीगत हिसावले नेपाल समाजवादी पार्टीको हामी नेता हौँ । तर कानूनी हिसावले, संसदीय दलमा आवद्ध भएको हिसाबले हामीले एकल चुनाव चिन्हमा चुनाव लडेको कारण नेपाल समाजवादी पार्टीको नभएर नेकपा(माओवादी केन्द्र)को संसदीय दलको सदस्य हौँ । हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडी महेन्द्रजी यहाँ मन्त्री हुनुभयो ।

अहिले पुर्नगठनमा पर्नु भएन । म आजको दिनसम्म बागमती प्रदेश सरकारको मन्त्री छु । हिजो हामीले यो मन्त्री पद लिँदाचाहीँ पद लोलुप नहुने, आज महेन्द्रजीको मन्त्री पद गइसक्यो । उहाँहरुले भनेको मन्त्री पदको लागि हो भने त महेन्द्रजीको पद गइसक्यो । सबैभन्दा रिसाएर पार्टी एकता नगर्ने भनेर त उहाँले भन्नुपर्ने हो नि । त्यसकारणले व्यवहारिक रुपमै त्यो खण्डन भइसकेको छ । मेरो कुरा, अहिले मलाई मन्त्री बनाइदिएको कुरा त होइन । मैले मन्त्री पद जोगाइदेउ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन । राजनीतिक ढंगले हामीले जुन निर्णय ग¥यौँ नि पार्टी एकता गर्ने, त्यो निर्णयमा इमान्दार भएर, प्रतिवद्ध रहेर हामी अगाडी आइराखेका छौँ ।

जो साथीहरुले यसो(सत्ताको लागि) भन्नुहुन्छ, उहाँ साथीहरुले पार्टी एकता चाहनु हुन्न । सत्य कुरा त्यो हो । दुई पार्टी सँगसँगै अरु पार्टीहरुलाई पनि एकताको निम्ति तयार गर्दै लैजानुपर्छ भनेर पनि हाम्रो बीचमा छलफल चलेको छ । तिथिमिति नै घोषणा गर्ने खालको अवस्था त नहोला । छिटोभन्दा छिटो पार्टी एकता टुंग्याउँछौँ ।’

सहअध्यक्ष श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरुलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताउनु भयो ।