५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जलि



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । 

जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण सहिदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ ।