१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बजेटका सिद्धान्त र प्राथामिकतालाई पुन:लेखन गर्नुपर्छ: उपाध्यक्ष पौडेल

बजेटका सिद्धान्त र प्राथामिकतालाई पुन:लेखन गर्नुपर्छ: उपाध्यक्ष पौडेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकतालाई पुन:लेखन गर्न सुझाव दिनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई यस्तो सुझाव दिनुभएको हो ।

उहाँले अर्थमन्त्री पुनलाई नि:वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको प्रश्तावलाई सांसदमा भएको छलफल र सांसदहरुको धारणाको आधारमा पूर्णरुपमा परिमाजर्न गर्न आग्रह गर्नुभयो । उहाँले अघिल्ला अर्थमन्त्रीले संसदमा प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथामिकतलाई कानूनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नुपरेको बताउनु भयो । उहाँले बजेटका सिद्धान्त र प्राथामिकत प्रश्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन बजेटका सिद्धान्त र प्राथामिकता प्रश्तुत गर्न पाउनुपर्ने आशय व्यक्त गर्नुभयो । पूर्वअर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त र प्राथामिकतलाई देशका समस्या समाधान हुनेगरी परिवर्तन गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभएको हो ।

उहाँले अघिल्ला अर्थमन्त्री महतले पेश गरेको आगामप् आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकता ‘शब्द र वाक्यको भीड मात्रै’ भएको धारणा राख्नुभयो । उहाँले बजेटको सिद्धान्त र प्राथामिकता परिमार्जन नगरेसम्म समर्थन गर्न लाएक नभएको जिकिर गर्नुभयो । पौडेलले यो सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रका कुनै समस्या समाधान गर्ने नसक्ने दाबी गर्नुभयो । उहाँले बजेटको सिद्धान्त र प्राथामिकतामा सिद्धान्त र प्राथामिकता दुवै नभेटिएको भन्दै पेपर पोलुसन गर्ने काम मात्रै भएको धारणा राख्नुभयो । उहाँले यो सिद्धान्त र प्राथामिकताको प्रश्तावमा छलफलले संसदको समयलाई अपव्यय हुने बताउनु भयो । उहाँले यो बजेटका सिद्धान्त र प्राथामिकताले अर्थतन्त्रका कुनैपनि विषयलाई निर्देशित नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पस्तुत गर्ने अर्थमन्त्री बाहिरिनुभएको छ । नयाँ अर्थमन्त्री आउनुभएको छ । अहिलेका अर्थमन्त्रीले प्रश्तुत गर्नुभएको होइन । तर कानूनी प्रवद्र्धन र सदन सञ्चालनका विषयलाई ध्यानमा राख्दै यस माथि छलफल गरिरहेका छौं । बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धम सामान्यतया प्रश्तुतकर्ता फेरिएपछि सिद्धान्त र प्राथमिकता फिर्ता लिएर अर्को प्रश्तुत गर्न पाएको भए राम्रो हुने थियो । व्यवहारिक जटिलताको कारण यसरी नै छलफल गरिरहेका छौं । यो बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा व्यापक छलफल गरेर छलफलका आधारमा अर्थमन्त्रीले शिर देखि पुच्छरसम्म नै पुर्नलेखन गर्नुहोस् । पुर्नलिखित बजेटका सिद्धान्त र प्राथमिकता आलोकमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्न सुझाव दिन्छु ।’

‘यो सिद्धान्त र प्राथमिकता समर्थन गर्न लायक छैन भन्ने कुरा काँग्रेसका नेता प्रदीप पौडेलले व्यक्त गरेका विचारले पनि पुष्टि गर्छ । आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा कुनै सिद्धान्त र प्राथमिकता दुवै छैन । शब्द र वाक्यको भीड मात्रै छ । मुलुकको अर्थतन्त्रका समस्या चिर्न र समाधानको निम्ति मार्गदर्शन गर्दैन । यो सिद्धान्त र प्राथमिकताका रुपमा आएको छैन । यो विषयमा संसदमा छलफल गर्न समयको अपव्य गर्नु हो जस्तो लाग्छ । पेपर पोलुसन जस्तो भएको छ । पेपर बाँडेको छ । सांसदहरुलाई अलमल्याउने काम भन्दा अरु केही गरेको छैन । अर्थतन्त्रको क्षेत्रमा लिनु पर्ने नीति विचार प्राथमिकतालाई बुझ्न सकेको छैन । संसदमा भएको छलफलको आधारमा पुन:लेखन गर्नुहुनेछ । पुर्नलिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन सुझाव दिन चाहन्छु ।’

उहाँले प्रधानमन्त्रीले गठबन्धन फेर्नुपर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथामिकतामा नेपाली काँग्रेसले राखेको धारणाले पुष्टि गरेको बताउनु भयो । उहाँले काँग्रेसकै सांसदले समर्थन गर्न नसक्ने प्रश्तावले देशको समस्या समाधान गर्न नसक्दा बताउनु भयो । उहाँले पुर्नलिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन पनि अर्थमन्त्रीलाई सुझाव दिनुभयो ।