• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

बजेटका सिद्धान्त र प्राथामिकतालाई पुन:लेखन गर्नुपर्छ: उपाध्यक्ष पौडेल



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकतालाई पुन:लेखन गर्न सुझाव दिनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई यस्तो सुझाव दिनुभएको हो ।

उहाँले अर्थमन्त्री पुनलाई नि:वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको प्रश्तावलाई सांसदमा भएको छलफल र सांसदहरुको धारणाको आधारमा पूर्णरुपमा परिमाजर्न गर्न आग्रह गर्नुभयो । उहाँले अघिल्ला अर्थमन्त्रीले संसदमा प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथामिकतलाई कानूनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नुपरेको बताउनु भयो । उहाँले बजेटका सिद्धान्त र प्राथामिकत प्रश्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन बजेटका सिद्धान्त र प्राथामिकता प्रश्तुत गर्न पाउनुपर्ने आशय व्यक्त गर्नुभयो । पूर्वअर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त र प्राथामिकतलाई देशका समस्या समाधान हुनेगरी परिवर्तन गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभएको हो ।

उहाँले अघिल्ला अर्थमन्त्री महतले पेश गरेको आगामप् आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकता ‘शब्द र वाक्यको भीड मात्रै’ भएको धारणा राख्नुभयो । उहाँले बजेटको सिद्धान्त र प्राथामिकता परिमार्जन नगरेसम्म समर्थन गर्न लाएक नभएको जिकिर गर्नुभयो । पौडेलले यो सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रका कुनै समस्या समाधान गर्ने नसक्ने दाबी गर्नुभयो । उहाँले बजेटको सिद्धान्त र प्राथामिकतामा सिद्धान्त र प्राथामिकता दुवै नभेटिएको भन्दै पेपर पोलुसन गर्ने काम मात्रै भएको धारणा राख्नुभयो । उहाँले यो सिद्धान्त र प्राथामिकताको प्रश्तावमा छलफलले संसदको समयलाई अपव्यय हुने बताउनु भयो । उहाँले यो बजेटका सिद्धान्त र प्राथामिकताले अर्थतन्त्रका कुनैपनि विषयलाई निर्देशित नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पस्तुत गर्ने अर्थमन्त्री बाहिरिनुभएको छ । नयाँ अर्थमन्त्री आउनुभएको छ । अहिलेका अर्थमन्त्रीले प्रश्तुत गर्नुभएको होइन । तर कानूनी प्रवद्र्धन र सदन सञ्चालनका विषयलाई ध्यानमा राख्दै यस माथि छलफल गरिरहेका छौं । बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धम सामान्यतया प्रश्तुतकर्ता फेरिएपछि सिद्धान्त र प्राथमिकता फिर्ता लिएर अर्को प्रश्तुत गर्न पाएको भए राम्रो हुने थियो । व्यवहारिक जटिलताको कारण यसरी नै छलफल गरिरहेका छौं । यो बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा व्यापक छलफल गरेर छलफलका आधारमा अर्थमन्त्रीले शिर देखि पुच्छरसम्म नै पुर्नलेखन गर्नुहोस् । पुर्नलिखित बजेटका सिद्धान्त र प्राथमिकता आलोकमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्न सुझाव दिन्छु ।’

‘यो सिद्धान्त र प्राथमिकता समर्थन गर्न लायक छैन भन्ने कुरा काँग्रेसका नेता प्रदीप पौडेलले व्यक्त गरेका विचारले पनि पुष्टि गर्छ । आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा कुनै सिद्धान्त र प्राथमिकता दुवै छैन । शब्द र वाक्यको भीड मात्रै छ । मुलुकको अर्थतन्त्रका समस्या चिर्न र समाधानको निम्ति मार्गदर्शन गर्दैन । यो सिद्धान्त र प्राथमिकताका रुपमा आएको छैन । यो विषयमा संसदमा छलफल गर्न समयको अपव्य गर्नु हो जस्तो लाग्छ । पेपर पोलुसन जस्तो भएको छ । पेपर बाँडेको छ । सांसदहरुलाई अलमल्याउने काम भन्दा अरु केही गरेको छैन । अर्थतन्त्रको क्षेत्रमा लिनु पर्ने नीति विचार प्राथमिकतालाई बुझ्न सकेको छैन । संसदमा भएको छलफलको आधारमा पुन:लेखन गर्नुहुनेछ । पुर्नलिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन सुझाव दिन चाहन्छु ।’

उहाँले प्रधानमन्त्रीले गठबन्धन फेर्नुपर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथामिकतामा नेपाली काँग्रेसले राखेको धारणाले पुष्टि गरेको बताउनु भयो । उहाँले काँग्रेसकै सांसदले समर्थन गर्न नसक्ने प्रश्तावले देशको समस्या समाधान गर्न नसक्दा बताउनु भयो । उहाँले पुर्नलिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन पनि अर्थमन्त्रीलाई सुझाव दिनुभयो ।