८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागू औषध कारोबारमा संलग्न ९ जना जना पक्राउ



अ+ अ-

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोबारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ । 

लागू औषध ब्यरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जना आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई लागू औषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुल सहित पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरिक्षक दिलिप चौधरीले जानकारी दिनुभयो । उनीहरुको साथबाट डाईजेपाम –९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन–६८४ एम्पूल, लुपिजेसिक–७६ एम्पूल गरी कुल नियन्त्रित लागू औषध २४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैया बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।