• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा



file

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई सजायको मागसहित सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।

बलात्कारको मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबीभन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो ।

जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो । सरकारी वकिलले भने सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो ।

आफ्नो मागदावी बमोजिम सजाय नभएको, पीडितलाई बालिग ठहर गरी कम सजाय भएको भन्दै जिल्ला अदालतको फैसला खारेजको माग गर्दै सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन पुगेको बताईएको छ ।

सन्दीपले पनि काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।