• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पेश



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको छ ।

मंगलवार बोलाइएको राष्ट्रिय सभा बैठकमा उहाँले माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको हो । सांसद आछामीले २०२७ सालदेखि नेपालको राजनीतिक क्रियाशील रहनुभएका दाहाललाई समर्थन गरी मतदान गरिदिनु हुन अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक आन्दोलनको लामो इतिहास छ । २०२७ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी भएर उहाँले राजनीतिक यात्रा शुरु गर्नुभएको छ । २०३१ सालबाट पार्टी राजनीतिक शुरु गर्नुभयो ।’

यसअघि नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले पार्टीको तर्फबाट युवराज शर्मालाई सो पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।