• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध ठाकुरमोहनले दिए प्रहरीमा जाहेरी



काठमाडौं । पार्टी कार्यालयभित्रै कुटाई खाएका राप्रपा कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठले प्रहरीमा जाहेरी दिएका छन् ।

पार्टी महामन्त्री विक्रम पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको भन्दै श्रेष्ठले प्रहरीमा जाहेरी दिएका हुन् ।

आईतबार बिहान राप्रपा कार्यसम्पादन समितिको वैठकपछि खाना खान निस्कने क्रममा पूर्वएआईजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो । वैठकबाट निस्किँदै गर्दा राप्रपा सहायक महामन्त्री तथा विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायरले हात मिलाउने बहानामा रोकि आफूमाथि मुक्का प्रहार गरिएको श्रेष्ठले बताएका छन् ।

वैठकमा पाण्डे र ठाकुरमोहनबीच वादविवाद भएको थियो । वादविवादपछि अध्यक्ष राजेन्द्र लिङ्देनले व्यक्तिगत आरोप प्रत्यारोप नगर्न सुझाव दिएका थिए । त्यसपछि बैठक बहिष्कार गर्ने चेतावनीसहित बाहिरिएका पाण्डेले एक दर्जनभन्दा बढी मानिसहरु बोलाएर ठाकुरमोहनमाथि आक्रमण गरेका बताईएको छ ।

सार्वजनिक भिडिओमा विक्रम पाण्डे निकटका युवाहरु आक्रमणमा संलग्न देखिएका छन् । भिडिओमा राप्रपाको काठमाडौं क्षेत्र नम्बर ४ को अध्यक्ष रिद्दिप्रताप राणा, हिम्मतजंग कार्की र विद्यार्थी नेता निराजन बम पहिचान गरेका छन् । उनीहरुविरुद्ध ठाकुरमोहनले जाहेरी दिएका हुन् ।