• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

दलहरूमा ‘उप’लाई सधैं उपेक्षा !



काठमाडौं । राजनीतिक दलहरुमा महिला उपेक्षामा पर्ने क्रम यस पटक रोकिएन । राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेस र माओवादी केन्द्र दुवैले महिला उम्मेदवार बनाएनन् । कतिसम्म भने राष्ट्रिय सभाको महिला उपाध्यक्षले अब म अध्यक्ष बन्छु भन्दा उल्टै राजीनामा गर्न लगाइँदै छ ।

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहाल अध्यक्ष भए उर्मिला अर्यालले भने राजीनामा दिनुपर्ने छ । अध्यक्षको निर्वाचन गराएलगत्तै उनले भोलि नै राजीनामा दिने तयारी छ ।

अर्यालले उपाध्यक्षबाट राजीनामा दिएर अध्यक्ष बन्ने तयारी गरेकी थिइन् । तर उनलाई पार्टीले अध्यक्ष बन्नबाट रोकेको छ । फागुन २१ गते माओवादीले एमालेसँग नयाँ गठबन्धन बनाएपछि राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले लिने र उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो ।

त्यही सहमति अनुसार हिजो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहालका भाई नारायण दाहाललाई उम्मेदवार बनाएको छ । दाहाल २५ चैत २०७९ मा राष्ट्रपतिबाट मनोनित सांसद हुन् । अर्याल र दाहालको कार्यकाल समान चार वर्ष बाँकी छ । अर्यालले अब आफ्नो उपाध्यक्ष पद भागबण्डा एमालेलाई परेपछि छाड्नुपर्ने छ ।

त्यसो त तत्कालीन नेकपा कालमा सभामुखको पद खाली हुँदा उपसभामुखमा रहेकी शिवमाया तुम्बाहाङ्फेले आफ्नो पद गुमाउनुपरेको थियो । संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । यद्यपी सर्वोच्च अदालतबाट महराले सफाइ पाएका छन् ।

त्यसबेला रिक्त सभामुखमा तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले चाहना राखेकी थिइन् । तर, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन भन्दै अग्नि सापकोटालाई सभामुख बनाइयो । तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाइयो । अहिले उर्मिला अर्यालले त्यही नियति भोगेकी छन् ।