२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दलहरूमा ‘उप’लाई सधैं उपेक्षा !

दलहरूमा ‘उप’लाई सधैं उपेक्षा !
अ अ+ अ-

काठमाडौं । राजनीतिक दलहरुमा महिला उपेक्षामा पर्ने क्रम यस पटक रोकिएन । राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेस र माओवादी केन्द्र दुवैले महिला उम्मेदवार बनाएनन् । कतिसम्म भने राष्ट्रिय सभाको महिला उपाध्यक्षले अब म अध्यक्ष बन्छु भन्दा उल्टै राजीनामा गर्न लगाइँदै छ ।

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहाल अध्यक्ष भए उर्मिला अर्यालले भने राजीनामा दिनुपर्ने छ । अध्यक्षको निर्वाचन गराएलगत्तै उनले भोलि नै राजीनामा दिने तयारी छ ।

अर्यालले उपाध्यक्षबाट राजीनामा दिएर अध्यक्ष बन्ने तयारी गरेकी थिइन् । तर उनलाई पार्टीले अध्यक्ष बन्नबाट रोकेको छ । फागुन २१ गते माओवादीले एमालेसँग नयाँ गठबन्धन बनाएपछि राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले लिने र उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो ।

त्यही सहमति अनुसार हिजो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहालका भाई नारायण दाहाललाई उम्मेदवार बनाएको छ । दाहाल २५ चैत २०७९ मा राष्ट्रपतिबाट मनोनित सांसद हुन् । अर्याल र दाहालको कार्यकाल समान चार वर्ष बाँकी छ । अर्यालले अब आफ्नो उपाध्यक्ष पद भागबण्डा एमालेलाई परेपछि छाड्नुपर्ने छ ।

त्यसो त तत्कालीन नेकपा कालमा सभामुखको पद खाली हुँदा उपसभामुखमा रहेकी शिवमाया तुम्बाहाङ्फेले आफ्नो पद गुमाउनुपरेको थियो । संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । यद्यपी सर्वोच्च अदालतबाट महराले सफाइ पाएका छन् ।

त्यसबेला रिक्त सभामुखमा तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले चाहना राखेकी थिइन् । तर, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन भन्दै अग्नि सापकोटालाई सभामुख बनाइयो । तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाइयो । अहिले उर्मिला अर्यालले त्यही नियति भोगेकी छन् ।