२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ



अ+ अ-

काठमाडौं ।अन्तराष्ट्रिय समाचार संस्था बीबीसीको विश्वको १०० शक्तिशाली महिलाको सूचिमा परेकी सपना रोक्का मगरको चरित्रहत्या गरेको र धम्की दिएको आरोपमा प्रहरीले उनकै पूर्बसहकर्मी विनयजंग बस्नेतलाई पक्राउ गरेको छ ।

 मंगलबार साँझ प्रहरीले नयाँ बसपार्क गोंगबुबाट पक्राउ गरेर हो । बस्नेत लाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।   लामो समय देखी बेवारिसे शवको ब्यवस्थापन गर्दे आएका बिनय र सपना बिच केही महिना यता असमझदारी बढेको थियो । बिनयले तारन्तर धम्कि दिनुको साथै आफू असुरक्षीत भएको भन्दै सपनाले केही दिन अघि प्रहरीमा उजुरी दिएकी थिईन  । सपनाको उजुरी पछि प्रहरीले अदालतबाट पक्राउ  अनुमति लिएर बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

परिबारका साथमा  गृहमन्त्री रामबहादुर थापा समक्ष सपनाले आफु बिनय बाट असुरक्षीत भएको भन्दै कारबाहीका लागि ध्यानकर्षण गराएकी थिईन । बिनयले सपनाका नांगा तस्वीर र आपत्तिजनक भिडियो आफूसँग रहेको र ती सार्वजनिक गरिदिने भन्दै बारम्बार  धम्की दिदै आएका थिए ।