२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजको मौसम पुर्वानुमान



अ+ अ-

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।  प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका  पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

बुधबार प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई  स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।