काठमाडौं । सरकारले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियु आर आर क्याम्पस कमिटीले विरोध गर्दै मौन मैनबत्ती र्याली निकालेको छ । बुधबार साँझ ६ बजेदेखी सुरु भएको र्याली आर आर क्याम्पस गेटबाट नेपाल पुलिस क्लबसम्म र पदमोदय मोडसम्म पुगेर पुनः आर आर क्याम्पस गेटमा आएर टुङगिएको थियो ।

करिब ३० देखी ४० जना विद्यार्थीको सहभागीता रहेको सो मौन मैनबत्ती र्यालीमा विद्यार्थीहरुले सरकार विरोधमा विभिन्न नाराहरु सहितको प्यामप्लेट आफ्नो छातीमा टाँसेर मौन रुपमा विरोध जनाएका थिए । सहभागीहरुले छातिमा असंवैधानिक कु को विरोधमा संविधान र लोकतन्त्रको रक्षा गरौ, फाँसिवादी सरकार मुर्दाबाद लगाएतका विभिन्न किसिमको नारा लेखेको पम्प्लेट लगाएका थिए ।

प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारीपुर्ण कामको बिरोधमा सम्मपुर्ण नेपाली आम जनताहरुलाई सडकमा आएर विरोध गरौं अनेरास्ववियू आर आर का नेता सुशील खनालले भन्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । सर्वोच्चमा संसद विघटनविरुद्ध १३ वटा मुद्दा परेका छन् र त्यसमा वहस जारी नै छ ।












