• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन ★   महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित ★   बाल मन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ अनुमति ★   जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान ★   पूर्वन्यायाधीशको सिजापतिको निधन, सर्वोच्चका सबै सुनुवाइ स्थगित ★   फ्यानलाई सम्बोधन गर्दै पल लेख्छन्, ‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ ★   ओलीलाई अँगालो हालेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा खाइसक्यो: रास्वपा नेता गणेश कार्की ★   झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै ★   आईपीएलमा आज पञ्जाब र बेंगलुरु भिड्दै, हार्ने टोली प्लेअफबाट बाहिरिने ★   कांग्रेस संसदीय दलको बैठक स्थगित

परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी विदेशमन्त्री लाभरोभ बीच टेलिफोन वार्ता: रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन अनुरोध



काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गर्नुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग आज भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्नुभएकामा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा पनि छलफल गर्नुभएको उक्त मन्त्रालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया प्रारम्भ गरेकामा रुसी महासङ्घका विदेशमन्त्रीलाई धन्यवाद दिँदै त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन आग्रह गर्नुभएको थियो भने
विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासो सम्बोधन गर्न आफू नेतृत्वको मन्त्रालयले सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।रासस