२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः आज राति युभेन्टस र पोर्टोबीच भिडन्त हुने



अ+ अ-

युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगका खेलहरु शुरु भइसकेका छन् ।

पहिलो लेगमा स्पेनी महारथी बार्सिलोनालाई मंगलबार राति भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले ४–१ गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा पेरिसका किलियान एम्बापेले व्यक्तिगत तीन गोल गरी ह्याट्रिक पूरा गरेका थिए । बार्सिलोनाका तर्फबाट एक मात्र गोल लियोनेल मेस्सीले पेनाल्टी मार्फत गरेका थिए ।

अर्को खेलमा लिभरपुलले आरबी लाइपजिगलाई २–० गोल अन्तरले पराजित गर्यो ।

बुधबार राति भने क्रिस्टियानो रोनाल्डोको इटालियन क्लब युभेन्टससँग पोर्टोको भिडन्त हुँदैछ । पोर्टोको मैदानमा हुने यस प्रतियोगितामा युभेन्टसका पाउलो डिबाला र लियोनार्डो बोनुसी भने चोटका कारण खेल्न सक्ने छैनन् । तर आरोन राम्से चोटमुक्त भएकाले युभेन्टसलाई केही राहत पुग्नेछ ।

अर्को खेलमा, सेभिया र बोरुसिया डर्टमन्डबीच खेल हुँदैछ ।