२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।

उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।

सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन ।

जसपाले वन मन्त्रीको भने टुंगो लागिसकेको छैन । वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ । राज्यमन्त्रीको बारेमा पनि पार्टीमा छलफल चलिरहेको छ ।