२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

पहिलो मूर्ति कुन हो ?  

पहिलो मूर्ति कुन हो ?  
अ अ+ अ-

अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्, कीर्ति रहोस्, मुक्ति होस्, सुखशान्ति मिलोस् भनी विभिन्न लक्ष्यले मूर्ति स्थापना गरिन्छ । देवीदेवता, युगपुरुष, महापुरुषहरूको मूर्ति बनाइन्छ ।

पितापुर्खा, वीर, शहिद वा विशिष्टजनको शालिक बनाइन्छ । मन्त्र, तन्त्र वा भावपूर्ण पुकारअनुसार मूर्तिले शक्ति, ऊर्जा, आशीर्वाद हस्तान्तरण गर्छ । शालिकले अग्रजको याद दिलाउँछ, स्वरुपलाई जीवन्त राख्छ । परमात्मा वा अदृश्य देवीदेवतालाई बुझाउन मूर्तिको विम्बले सहयोग गर्दछ । अनुष्ठान र चिन्तन गर्नेलाई मूर्तिको ऊर्जाले प्रेरणा, साथ, मार्गदर्शन दिन्छ ।

ईश्वरलाई चिनाउने, ब्रम्हाण्डलाई बुझाउने, उत्पत्ति र विनाशलाई बताउने विश्वकै पहिलो मूर्तिलाई शिवलिङ्ग भनिन्छ । ईश्वरलाई बुझाउने शब्द ‘ॐ’ हो, ईश्वरलाई देखाउने पहिलो मूर्ति (तस्बिर) ‘शिवलिङ्ग’ हो । ढुड्डाले राम्रो आवाज दिने, ढुड्डाहरू बोलिरहेका, ढुड्डाले यज्ञको हविलाई देवताभन्दा पहिले प्राप्त गर्ने चर्चा वेदमा छ ।  यी विशेषता, शक्ति र कार्य गर्ने गुण भएकाले मूर्ति बन्ने पहिलो सौभाग्य ढुड्डालाई मिल्यो । दु:ख, खराब विचारलाई हटाएर यहाँ चढाइएका दूधलाई औषधि बनाइदिने  हुँदा ढुड्डाबाट शिवलिड्ड, मूर्ति र शालिकहरु निर्माण गरियो ।

लिड्डानि कल्पयित्वैवं स्वाधिकारानुरूपत: ।

विश्वकर्मा ददौ तेषां नियोगाद् ब्रम्हा: प्रभो: ।।–लिड्डपुराण, (पूर्वभाग ७४।१)

अर्थात् “ब्रम्हाजीको आज्ञाअनुरूप विश्वकर्माले आफ्नो अधिकारक्षेत्रभित्र रहेर शिवलिड्डको निर्माण गरे ।” विश्वकर्मा प्राचीन कालका इञ्जिनीयर हुन् । उनले विभिन्न देवता एवं राजामहाराजाहरूका भव्य र विशाल राजभवन, सभाभवन, महलहरू बनाए । प्रविधिका पितामह भएकाले उद्योग, कलकारखाना आदिमा उनको तस्बिर वा मूर्तिमा पूजा गरिन्छ ।

चम्किलो, बलियो र भाव जगाउनेमा मूर्ति बनाउन थालियो । सबैभन्दा पहिले चारपाटा जलहरी भएको शिवलिङ्गलाई ब्रéाले पूजा गरे, जसलाई ब्रम्हशिवलिङ्ग भनियो । पहिलो मूर्तिपूजक ब्रम्हा र पूजिएको मूर्ति शिवलिड्ड हो । यसपछि महादेव, विष्णु, दुर्गा आदि देवीदेवताले शिवलिङ्गको पूजा गर्न थाले, उनीहरुको मूर्ति बनाएर ऋषि तथा सिद्धहरुले अनुष्ठान गर्न लागे । देवीदेवताहरूजस्तै ऋषि, सिद्ध र साधकहरुले विभिन्न पदार्थबाट बनेका अनेक स्वरूपका शिवलिड्डहरूमा पूजन गरे ।

शिवलिङ्गपछि निर्माण भएको ऐतिहासिक र प्राचीन मूर्तिको नाम अर्धनारीश्वर हो । मानव आकारमा बनेको पहिलो मूर्ति पनि अर्धनारीश्वर हो । योभन्दा पहिले प्राकृतिक रुपमा प्राप्त पदार्थमा पूजा गरिन्थ्यो । सृष्टिको प्रारम्भ प्रकृति र पुरुषको संयोगबाट भएको बुझाउन शिवलिङ्ग निर्माण गरियो । जलहरीले प्रकृतिलाई बुझाउँछ, लिङ्गले पुरुषलाई बताउँछ । यसलाई सरलरुपमा बुझाउन मानव आकारमा अर्धनारीश्वरको मूर्ति बनाइयो ।

अर्धनारीश्वरको मूर्तिमा महिला र पुरुषको मुखाकृति राखेर देवीदेवताको मूर्ति बनाउने बाटो खुलाइयो । सृष्टिको वर्णन, जीव विकासको व्याख्यान, प्रकृति र पुरुषको संयोजन बताउन अर्धनारीश्वरको मूर्तिमा आधा भागमा महिला र पुरुषको स्वरूप बनाइयो ।  अर्धनारीश्वर भन्नुपर्नेमा उच्चारण बिग्रिएर अर्धनारेश्वर भन्न थालियो । अर्धनारीश्वर मूर्तिले मौन रुपमा ब्रह्माण्डका रहस्य, मूर्ति र मानवको अन्तरसम्बन्धलाई संकेत गर्छ । सत्ता, सम्पत्ति, संस्कार र सन्तान चाहनेले तान्त्रिक विधिबाट अर्धनारीश्वरको  पूजापाठ गर्छन् ।

उमामहेश्वरलाई कतिपयले अर्धनारीश्वर मान्दछन् । अर्धनारीश्वरमा पुरुष र महिलाको आधाआधा आकृति हुन्छ । अर्धनारीश्वरको मूर्तिमा महादेव र पार्वती, विष्णु र लक्ष्मी, इन्द्र र शची आदिमध्ये कसको स्वरुप हो एकीन गर्न सकिन्न । शिवलिड्डलाई व्याख्यान गर्न, सृष्टि र स्रष्टाको रहस्य बुझाउन, जगत् र जगदीश्वरलाई जान्न अर्धनारीश्वरको मूर्तिले सहयोग गर्छ । अर्धनारीश्वरको मूर्तिमा पुरुषले गलामा नाग, निकटमा नन्दी, कम्मरमा बाघको छाला लगाएको हुँदैन । अर्धनारीश्वरपछि उमामहेश्वरको मूर्ति बन्न पुग्यो ।

उमामहेश्वरको मूर्तिमा महादेवले आसन कसेर पार्वतीलाई काखमा लिई काँध, स्तन वा कम्मरमा हात राखेको देखिन्छ । तन्त्र र योग, महादेव र पार्वती, लय र मुक्तिलाई बुझाउन उमामहेश्वरको मूर्ति बनाइयो । मानिसले धनसम्पत्ति, सन्तान, इज्जत अनेक कमाउँछन्, आफन्त र परिवार बनाउँछन्, एक दिन नाटकझैँ छोडेर विलीन हुन्छन् । ईश्वरको सृष्टि सकिन लामो समय लाग्छ तर प्राणीको सृष्टि लगभग सय वर्षको हाराहारीमा सर्वनाश हुन्छ । उमामहेश्वरको मूर्तिले लौकिक तथ्यलाई, अर्धनारीश्वरको मूर्तिले अलौकिक रहस्यलाई बताउँछ ।

ईशार्धं रक्तवर्णं तु श्यामवर्णमुमार्धकम् ।

अर्धनारीश्वरं रूपं कुर्याद् विद्वान् सलक्षणम् ।।–मयमतम् (३६।८९)

अर्थात् “महादेवको भागमा रातो वर्ण र उमा भएको भाग कालो वर्णको हुन्छ भन्ने तथ्य विद्वान्हरूले बताउँछन् ।” अर्धनारीश्वरमा पुरुष बुझाउन रातो र स्त्री भाग चिनाउन कालो स्वरुप भए पनि मूर्तिमा आधा महादेव एवं आधा पार्वतीको स्वरुप हुँदैन । अर्धनारीश्वरको मूर्तिपछि उमामहेश्वरको मूर्ति प्रयोगमा आयो । महादेवको स्वरुपजस्तै गरी अन्य देवताहरूको, पार्वतीको जस्तै गरी अन्य देवीहरूका मूर्तिहरू बन्न थाले । उमामहेश्वरको मूर्तिपछि महादेव र विष्णुलाई जोडेर हरिहरको मूर्ति, लक्ष्मी र नारायण हुँदै एकै देवीदेवताको पारिवारिक मूर्तिहरु निर्माण भई मूर्तिकलाले फड्को मार्न थाल्यो । भिन्न सम्प्रदायका देवीदेवतालाई एउटै मूर्तिमा कुँद्ने कार्यले शैव, शाक्त, सौर्य, गाणपत र वैष्णवबिच आत्मीयता जन्मायो ।

‘हृ’ धातुबाट हरि (विष्णु) र हर (महादेव) शब्दको निर्माण हुने भएकाले यिनीहरूमा कुनै विभेद छैन । महादेव, विष्णु र ब्रम्हा लाई मिलाएर हरिहरपितामहको मूर्ति बन्यो । महादेव, विष्णु, ब्रम्हा र सूर्यलाई मिलाई हरिहरहिरण्यगर्भसूर्यको मूर्ति निर्माण भयो । सम्प्रदायहरुको विवाद विसर्जन गर्न मूर्तिकारहरूले महत्वपूर्ण भूमिका खेले । यसै शिलशिलामा पाञ्चायन देवताको पूजासँगै मूर्तिविज्ञानमा नयाँ आयामहरू थपियो ।

अनुसूयाका पुत्र दत्तात्रयमाब्रम्हा, विष्णु र महादेवको संयुक्त स्वरूप मिलाई मूर्ति निर्माण गरियो । अनेक देवीदेवतालाई एउटै मूर्तिमा, एउटै देवीदेवतालाई विभिन्न आकृतिमा बनाउन थालियो । विराट् स्वरुप, ब्रम्हाजीका चार मुख, हनूमान् र गणेशका पाँच मुख बन्न थाले । उपनिषद्, पुराण, तन्त्र, दर्शन, साहित्य आदिले हजारौँ पृष्ठमा व्याख्या गर्न नसकेको ज्ञान एवं तथ्यलाई एउटै मूर्तिले बुझाउन, सारसंक्षेपमा बताउन सफल भयो ।

हिमालयमा तप गर्दै, मशानघाटमा बस्दै, पार्वतीलाई मुद्रा सिकाउँदै, नटराजका रुपमा नाच्दै गरेका महादेवका स्वरुपले तन्त्र, योगशास्त्रलाई जिवन्त बनायो । यसरी पहिलो मूर्तिका रुपमा देखा परेको शिवलिड्डले तन्त्र, दर्शन, सभ्यता, अनुष्ठान, विज्ञान, परम्परा, कला आदिको विकासमात्र आमूल परिवर्तन गरिदियो ।