• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउनेछु: परराष्ट्रमन्त्री श्रेष्ठ



काठमाडौं । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ ।

बुधवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले नेपालले कुटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताउनु भयो । उहाँले सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भुमिका रहने बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको रक्षा गर्नेकुरा आफ्नो कार्यभारका रुपमा लिएको बताउनु भयो । उहाँले गैर आवासीय नेपालीहरुको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि बताउनु भयो । कुटनीतिक आचारसंहीताको कार्यान्वयनमा आफूले विशेष जोड दिने पनि बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय हित अनुकुल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने बताउनु भयो । राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

उपप्रधान एवं पराष्ट्रमन्त्री श्रेष्ठले राजदुत नियक्तिको मापदण्डलाई पर अब्जेक्टिभ बनाउने बताउनु भयो । स्वतन्त्र परराष्ट्रनीतिको अवलम्वन गर्नेगरी कुटनीतिक शिष्टता कायम राख्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर: प्रदीप राज वन्त रासस