• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने ★   आईपीएल प्लेअफअघि नै इंग्ल्याण्ड फर्किए राजस्थानका बटलरसहित अन्य टिमका स्टार खेलाडी ★   जिबी राईको पासपोर्ट रोक्न राहदानी विभागमा प्रहरीको पत्राचार ★   नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस् ★   एकैपटक ६० सहसचिवको सरुवा (सूचीसहित) ★   जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्र ★   संविधान बचाउन आवश्यक छ: प्रथम राष्ट्रपति यादव ★   इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छ: माधव नेपाल ★   पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान ★   मन्त्रिपरिषद् बैठक: नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित

नक्कली थाईभाटसहित पाकिस्तानी नागरिक पक्राउ



काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई बताउनुभयो ।

“ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्”, प्रहरी प्रवक्ता ढकालले भन्नुभयो ।