१२ श्रावण २०८३, मंगलवार
,
Latest
पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण कँडेलविरुद्ध जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता



अ+ अ-

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता भएको छ ।

कँडेलविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा पीडित महिलाले नै फिर्ता लिएकी श्रोतले बताएको छ ।

इन्द्रेणीमा कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि जबरजस्तीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते मुद्दा दर्ता गराएकी थिईन् । उनले कँडेलसँग कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् ।

पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि कँडेलले पनि ती महिलाविरुद्ध दर्ता गराएका गाली बेइज्जतीको मुद्दा फिर्ता लिएका बताईएको छ ।