१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेलको मूल्यवृद्धिसंगै यातायात व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउन माग



अ+ अ-

काठमाडौं । एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यातायात व्यवसायीहरुले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण व्यवसायीहरुले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हुन् ।  

गत माघ २९ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गरेर पटक(पटक तेलको मूल्यमा भएको वृद्धि फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएपनि सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ । 

कोरोना महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक(पटक भएको तेलको मूल्यवृद्धिको भार थेग्न सकिने अवस्था नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । 

आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा बिगार्ने काम गरिरहेको व्यवसायीको भनाइ छ ।

‘महामारीमा परेका सर्वसाधाराण जनता र पेशा व्यवसाय गर्नेमाथि पटक(पटक भइरहेको मूल्यवृद्धिले मार पारिरहेको छ,’ उनले भने,’यो बेलामा सरकारले मनलाग्दी तवरले गरेको मूल्यवृद्धिले यातायात व्यवसाय पनि थला पर्ने अवस्था आयो ।’ 

यातायात व्यवस्था विभागले भने व्यवसायीले भन्ने बित्तिकै भाडा नबढ्ने बताएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भाडा बढाउनेबारे अहिलेसम्म कुनै छलफल र तयारी नभएको बताए । ‘व्यवसायीले भन्नेबित्तिकै कहाँ भाडा बढिहाल्छ त ?’ उनले भने