• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड(१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ । रासस