२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कर्मचारीतन्त्र माथिको सवार

कर्मचारीतन्त्र माथिको सवार
अ अ+ अ-

उद्योगपति विनोद चौधरीले एक ठाउँमा भनेका छन् .”कर्मचारीतन्त्र यस्तो सवारी हो जसले सवार तुरुन्तै चिन्छ। जसले चिन्छ उसलाई कर्मचारीतन्त्रले गन्तव्यमा पुर्‍याइदिन्छ । जसले चिन्दैन , कहाँ लगेर थन्क्याउँछ। टुङ्गो हुँदैन” । यो विषय बडा मार्मिक छ।

उद्योगपति विनोद चौधरी आफ्नो पेशामा उच्च स्थानमा त्यसै पुगेका होइनन्। जसले देशको राजनीति, कर्मचारीतन्त्र र नीतिलाई गहिरो बुझ्छ। उसले मात्र यसको सही उपयोग र प्रयोग गर्न सक्छ। र सफल पनि हुन्छ। उनको भनाइमा सार्थकता छ। जुनसुकै देशका उच्च राजनीति कार्यकारीले स्पष्टताका साथ आफ्नो निर्णय दिन्छ भने उसले त्यो देशको कर्मचारी तन्त्रको मर्म र भावना बुझेको मानिन्छ।

राजनीति नेता कार्यकारी तहमा पुगेपछि उसको अधिकांश स्वभाव कर्मचारी तन्त्रको जस्तै हुन्छ। किनकि उसले ऐन, कानुन, नीति, नियमको अधीनमा मात्र आफ्नो निर्णय दिन्छ। यदि दिँदैन भने त्यो कार्यकारी सफल हुँदैन। । कर्मचारी तन्त्रको मुख्य विशेषता पनि यही हो। सवारीले सवार चिन्नु हार्दिकता हो। सवारले सवारीलाई कसरी उपयोग र प्रयोग गरेको छ दुवैले प्राप्त गर्ने नतिजा यसैमा छ।। हाम्रो कर्मचारीतन्त्र र राजनीतिले सही दिशा लिन नसक्नुमा एउटा मनोवैज्ञानिक कारण यो पनि हो ।

कर्मचारी तन्त्रको भावना र मर्म नबुझ्ने सरकार लामो समयसँग टिक्दैन। यो कटु सत्य हो। राजनीति तहको निर्णय जब कर्मचारीतन्त्रमा पुग्छ त्यसपछि मात्र यो तथ्यपरक, वस्तुवादी र कानुनी बन्छ। त्यसैले कर्मचारी तन्त्रको मर्म र भावना बुझ्ने सरकार सफल हुन्छ। के कर्मचारीतन्त्रले राजनीतिको मर्म र भावना बुझ्नु पर्दैन त । यो अर्को तर्क हुन सक्छ। तर कर्मचारी तन्त्रको जन्म राजनीति इच्छाबाट नै हुन्छ।

राजनीति इच्छा विपरीत कर्मचारी तन्त्र जन्मिदैन। सारा दोष कर्मचारीतन्त्रमा हुन सक्छ । यसको परिणाम अन्तत राजनीतिले खेप्नुपर्छ। कर्मचारीतन्त्र माथि कसरी सवार हुने भन्ने अहम प्रश्न राजनीतिको हो। तर अहिलेको हाम्रो कार्यशैली र पद्धति हेर्दा राजनीतिमाथि कतै कर्मचारीतन्त्र सवार त छैन भन्ने उल्टो प्रश्न दिमागमा घरिघरि आइरहन्छ।

निजी क्षेत्रले कर्मचारीलाई सधैँ नजिक राख्ने र चिन्ने प्रयास गर्छ । व्यापार र निजी पेशामा नाफा र संस्थाको हित लक्ष्य हुने गर्छ। त्यसैले संस्थाप्रति मालिक सवार हुन्छ। र, मालिकले कर्मचारीको हित र भावना विपरीत काम र सम्झौता गर्दैन । तर नाफाका लागि सरकारी क्षेत्रको जुनसुकै आदेश मान्न निजी क्षेत्र तयार हुन्छ। यो तयारीलाई स्वीकार गर्नु नै कर्मचारीतन्त्रको ठूलो कमजोरी हो। यो कमजोरी नेपालका उच्च घराना र उद्योगीहरूले थाहा पाउँछन् नै। ठूलाठूला कर छुट, करछलीका विषयहरु, आयात निर्यातमा चोरी ,सार्वजनिक र सरकारी जग्गामा निजी क्षेत्रको हस्तक्षेप त्यसै भएका होइनन्। कर्मचारी तन्त्रमाथि निजी क्षेत्र सवार भएकै हो।

सवार र सवारीको हार्दिकता रहुन्जेल यी विषय बाहिर निस्किँदैनन्। कसलाई कहाँ कतिखेर प्रयोग गर्नुपर्ने हो त्यही अनुसार दुवै क्षेत्रले गोटी खेलिरहन्छन्। कहिलेकाहीँ कर्मचारीले गरेको काम कर्मचारीबाटै बाहिरिन्छ। हाम्रोमा मात्र होइन , विकसित र सभ्य मानिएका देशहरुमा पनि यो प्रचलन त्यत्तिकै छ। कर्मचारीतन्त्रसँग संस्थागत मेमोरी रहिरहन्छ। जुनसुकै बेला यो प्रयोग र उपयोग हुन सक्छ।

तर राजनीतिको लागि आफूले गरिसकेको काम चासोको विषय हुँदैन।। र राजनीति नेतृत्व हरू नजानिकन यसमा फस्दै जान्छन्। किनकि उनीहरूले आफ्नो समयमा सवारीलाई चिन्न सकेनन् वा सवारीबाट सवार भए। यो खतरा जुनसुकै शासन प्रणाली र पद्धतिमा रहिरहन्छ। हाम्रोमा त बदलाको भावना कहिलेकाहीँ हार्दिकतामा समेत देखिने गरेको छ।

कर्मचारीतन्त्रमाथि कर्मचारी कहिल्यै सवार हुन सक्दैन। यो क्षणिक मात्र हुन्छ।। हेनरी फेवेलले कर्मचारी तन्त्रमा नेतृत्व होइन। व्यवस्थापन महत्त्वपूर्ण हुन्छ भनेका छन्। उनी कर्मचारी तन्त्रलाई संगठनको सिद्धान्त परिचालनको संयन्त्र मात्र ठान्छन् । यसको अर्थ कर्मचारी तन्त्र एउटा संयन्त्र हो। यो आफैमा हावी वा सवार हुन सक्दैन। यसलाई कानुन नीति र नेतृत्वको सहारा चाहिन्छ। यसलेआफै कानुन, नीति, नियम बनाएर आफै लागू गर्न सक्दैन। लागू गरियो भने त्यो राजनीतिक तन्त्र रहँदैन।

निरंकुश तन्त्र बन्छ। त्यसैले १८ औँ शताब्दी पछि राजनीति र कर्मचारी तन्त्रको सम्बन्ध र हार्दिकताको विषय उठ्दै आएको हो। जसले यो हार्दिकतालाई बिना स्वार्थ बुझे। उनीहरु सफल भए। जसले बुझेनन् एक आपसमा आरोप प्रत्यारोप गर्दै गए। त्यस्ता ठाउँमा भ्रष्टाचार बढ्यो। सूचनाहरू कुनै गोप्य रहेनन् ।अपारदर्शिता बढ्यो। विश्वासको संकट बढ्दै गयो। अहिले नेपालको कर्मचारीतन्त्र र राजनीतिको सम्बन्ध यस्तै छ। हार्दिकता देखिँदैन।

कर्मचारी तन्त्रमा नेता र नीतिलाई सफल र असफल बनाउने दुवै गुण हुन्छ। यो गुण चिन्न सक्नु राजनीति नेतृत्वको कला हो। यो गुण चिन्न राजनीति नेतृत्व राजनीति सीमा भन्दा बाहिर उभिनुपर्छ । नेतृत्व कहिलेकाहीँ व्यवस्थापकको भूमिकामा आउनुपर्छ। बहुसंस्कृति ,भाषा ,समाज ,भूगोल र भावनाबाट एकै ठाउँमा भेट भएको कर्मचारी लाई बुझ्न गाह्रो छ। तर कर्मचारीतन्त्र एउटै कुरामा डराउँछ। त्यो हो। नेतृत्वको इमान्दारिता । इमान्दार राजनीतिक नेतृत्व र शासकलाई कर्मचारी तन्त्रले हरदम सहयोग गर्छ।उद्योगपति विनोद चौधरीको भनाइले यही सार्थकता खोज्छ जस्तो लाग्छ। राम्रो र खराब दुवै परिणाम ल्याउन पेसा, व्यवसाय र भूमिकाको इमान्दारिता अर्थपूर्ण हुन्छ। यही इमानदारिता र विश्वासले मात्र सवारीले सवारलाई गन्तव्यमा पुर्‍याउँछ।