१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै मान्छे राम्रा हुँदैनन



अ+ अ-

दोबाटो चौबाटो र बजारमा

रेस्टुरेन्ट, होटल र रिसोर्टमा

स्कुल, कलेज र विश्वविद्यालयमा

सभा, सम्मेलन र जुलुसमा

सस्था, कार्यालय र मन्त्रालयमा

अनेक अनेक मोड र घुम्तीमा

भेटिने मानिसहरु

सबै सहि हुँदैनन

सबै मानिस सजिला हुँदैनन

सबै मानिसहरु सहयोगी हुँदैनन

हो,

सहि मानिसको पहिचान

आफैले गर्नु पर्छ ।

हो,

यी मानिसहरु मध्ये

कोही पीडा दिने हुन्छन्

कोही सताउने हुन्छन्

कोही रिस र डाह गर्ने हुन्छन्

कोही षड्यन्त्रकारी हुन्छन्

कोही आसु दिने हुन्छन् ।

हो,

यी मध्ये कोही कसैले त

कहिले सर्प बनेर डस्छन

कहिले अजात शत्रु बनेर पछार्छन

कहिले भ्रमजाल रच्छन

कहिले अनाहक बदनाम गर्छन् ।

सावधान हुनुपर्छ

नेपथ्यमा बसेर कोहीले

प्रहार गराउन सक्छ

अनेक प्रपन्च रचेर

अस्तित्वउपर बदनामीको

दाग लगाउन सक्छ ।

हो,

यी मानिसहरु मध्ये

कोही दयालु पनि हुन्छन्

कोही नम्र पनि हुन्छन्

कोही मायालु पनि हुन्छन्

कोही मानवीय हुन्छन्

कोही सास्कारिक हुन्छन्

कोही कोही ईश्वर पनि हुन्छन्

बस चिन्न सक्नु पर्छ

समयलाई

आफ्नो अनुकूल बनाउनु पर्छ ।