२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनलाई थाती राख्दै महाधिवेशनमा केन्द्रित हुदै नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई थाती राख्दै पार्टीलाई महाधिबेशन केन्द्रित गर्ने निर्णय गरेको छ ।  बिहिबार बसेको केन्द्रिय समितिको बैठक ले प्रतिनिधिशभ बिघटन बारे सर्बोच्च अदालतको निर्णयलाई पर्खनु पर्ने  भन्दै आन्दोलनको कुनै कार्यक्रम तय गरेन  ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोतान्त्रिकभने पनि कांग्रेसले  सबैधानिक सर्बोच्चता मान्ने दल भएका कारण अदालतको निर्णयलाई कुर्ने पक्षमा उभिएका हो । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको चित्त बुझाउका लागि  सरकारविरुद्ध आन्दोलनको जिम्मा मातहतका समिति र भ्रातृसंस्थालाई पन्छाएर केन्द्रिय समिति भने महाधिबेशनको तयारीमा जुटेको छ ।

 पार्टीको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो साता गर्ने तय गर्दे काग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको  संयोजकत्वमा गिठन गरिएको समिति लाई सदस्यता छानबिन तथा टुङ्गो लगाउने जिम्मा दिएको छ  । बैठकले बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको महाधिवेशनको कार्यतालिकालाई केही संशोधन गर्दै सर्वसम्मतिबाट पारित गरेको  छ ।