२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

कांग्रेसले प्रधानमन्त्रीमा शेखरलाई प्रस्ताव गर्‍यो भने नयाँ गठबन्धन के होला ?

कांग्रेसले प्रधानमन्त्रीमा शेखरलाई प्रस्ताव गर्‍यो भने नयाँ गठबन्धन के होला ?
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति चुनाव अघि भएको भए पनि अहिले सो पदमा माओवादीले दाबी गरेपछि यसैलाई निहुँ पारेर सुरु भएको कांग्रेस र माओवादी पार्टीबीचको खटपटले नयाँ गठबन्धन जन्माएको छ ।

विकसित घटनाक्रमबाट नै नयाँ गठबन्धन बनेको छ सत्ताका लागि । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बनेको छ र त्यसमा हिजोसम्मको प्रमुख प्रतिपक्षी दल एमाले पनि सहभागी भएको छ । आज एमाले प्रमुख सत्तारुढ दल बनेको छ र कांग्रेस सत्ताबाट बाहिरिएर विपक्षी दल बन्न पुगेको छ ।

यो नयाँ समिकरणमा रास्वपा पनि अटेको छ तर उता माधव नेपालको दल नेकपा एस भने अनिर्णित बन्न पुगेको छ । उ सरकारमा जाने कि नजाने भन्नेमा अल्झिएको छ भने अर्कोतर्फ गठबन्धन कुन रुप या स्वरुपमा अघि बढ्ने हो भन्ने नै स्पष्ट हुन सकेको छैन ।

हुनत सोमबार साँझसम्म सत्ताका नयाँ चार दलले आफ्नो खाका तयार पारेर सार्वजनिक पनि गरेका छन् तर त्यो भन्दा पनि अघि आज प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले धेरैलाई अचम्ममा पारेको छ । प्रचण्ड पदमा छँदा सालिन नै विचार राख्ने व्यक्ति हुन् । उनी त्यति आक्रामक भएर बोल्दैनन् । तर सोमबार त्यस्तो देखिएनन् ।

म बाँचुञ्जेल यस्तो उथलपुथल भइरहन्छ भनेर उनले दिएको अभिव्यक्ति कोप्रति लक्षित थियो भन्ने बुझ्न नसकिएपनि उनलाई हिन्दू धर्मको विषयलाई लिएर दक्षिणले चेपुवामा परेको भने बुझ्न सकिन्थ्यो । त्यसैगरी उनले प्रतिक्रियावादीहरुले आफूलाई घेराबन्दीमा पारे पनि उनीहरुलाई नै लात्तीले हानेर भित्तामा पुरइदिने बताएका थिए । उनी निकै हतार र हतासमा थिए र उनको अभिव्यक्ति वर्तमान प्रधानमन्त्री बनेपछिकै सबैभन्दा आक्रामक थियो । यसको अर्थ धेरैले धेरै किसीमले लगाए पनि यो गठबन्धनको भाग्य र भविष्य त्यति राम्रो छैन भनेर बुझ्न सकिन्थ्यो ।

यतिबेला पनि विश्लेषकहरुले यो नयाँ गठबन्धनका लागि पनि उत्तर र दक्षिणका अभ्यासहरु भएका बताउँछन् । यसैबीचमा तीन दिनअघि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले कांग्रेस माओवादी गठबन्धन नतोड्न भनेका थिए । उनले राष्टिय सभाको अध्यक्षमा कृष्ण सिटौलालाई जिताएर गठबन्धन कायम राख्न गरेको प्रयास सफल हुन नसकेको उनीहरुकै बुझाई छ ।

यो प्रयास सफल हुन नसकेपनि दक्षिणले अर्को प्रस्ताव ल्याएको छ एमालेलाई मनाउने । कांग्रेस र एमालेको सरकार निर्माणका लागि दक्षिणले अघि सारेको प्रस्ताव शेखर कोइराला प्रधानमन्त्री हुने भन्ने हो । यदि कांग्रेसका कोइरालालाई प्रधानमन्त्रीका रुपमा अघि सार्न नेपाली कांग्रेस तयार भयो भने यता एमालेले समर्थन गर्न तयार रहेको बुझिएको छ । यदि त्यसो भयो भने शेखर प्रधानमन्त्री हुने र त्यसमा एमालेले पनि सहयोग गर्ने हुन सक्छ । यो लाइन पनि अहिले छलफलकै क्रममा छ ।

के तर यसका लागि काँग्रेस तयार होला त ? यदि काँग्रेस तयार भयो भने यता एमालेले सोमबार बनेको नयाँ गठबन्धनबाट बाहिर निस्किएर शेखरलाई समर्थन गर्न सक्ने आश्वासन एमाले अध्यक्ष केपी ओलीले दिएका छन् । नेपालको राजनीति आखिर परीक्षणमै सीमित रहीरहेकाले यसलाई पनि परीक्षण नगरिएला भन्न सकिँदैन ।

तर देउवा यसका लागि तयार हुने देखिएको छैन । उनले पार्टीभित्र पनि आफू बाहेक अर्को पक्षको अस्तित्व स्वीकार नगरेकै कारणले अहिले यो अवस्था आएको धेरैलाई थाहै छ । त्यसैले यो प्रस्तावमा पनि उनी तयार नहुन सक्छन् । तर शेखर नै प्रधानमन्त्री बन्ने शर्तमा यदि यो रणनीति अघि बढ्यो भने काँग्रेसमा एक प्रकारको तरंग भने यसले ल्याइदिन सक्छ । उता एमालेमा पनि यो गठबन्धन टुटाउन मात्र ओलीले खोजेकाले भोलि माओवादीको सट्टा काँग्रेसबाटै प्रधानमन्त्री बन्ने अवस्था आयो भने पनि त्यसका लागि सहयोग गर्न एमाले तयार नै रहेको बुझिन्छ ।