• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक हो: विप्लव



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक वृहत अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको हो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको बताउनुभयो । उहाँले देशमा नायकहरुलाई अपराधीजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताउनु भयो । उहाँले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको बताउनु भयो । उहाँले जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान हो यो । अहिले मान्छेहरुले के भन्छन् भने जनयुद्धलाई त औचित्यहिन भन्न थाले । जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले । त्यो देख्दाखेरी इतिहासको मजाक जस्तो लाग्छ मलाई । कस्तो फिल हुन्छ भने नायकहरु अपराधीजस्तो । र अपराधीहरु नायकजस्तो बन्ने परिस्थिति पनि नेपालमा बनेको छ नि । उल्टिएको छ तर सम्भव छैन । इतिहासको मूल्य फरक कुरा हो । त्यो केही लाछि मान्छेहरु, क्रान्तिमा हारेका मान्छेहरु, पछारिएर धुरमुरिदैँ उठेका अन्धाहरुले भनेजस्तो कुरा होइन त्यो । अरु विदेशी तत्वहरुले गुन्गुनाउने कुरा जस्तो होइन त्यो । कुण्ठा पोख्ने विषय होइन त्यो । जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसमा जनआन्दोलनको पनि भुमिका छ । तर जो मान्छेहरुले जनयुद्धलाई नकारेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् नि तिनीहरु सुखानीकै जंगलमा जसरी सुखानीका सहिदहरुलाई समाप्त पार्छु भन्दाखेरी सिद्धिएका थिए नि, ति मान्छेपनि त्यसरी नै समाप्त हुन लायक हुन्छन् ।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड छ । दलाल पुँजिवादले कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, क्रान्तिकारीहरु, कम्युनिस्टहरु, समाजवादीले त्यसलाई स्याहार सम्भार गर्दै हुर्काउने लडाइँमा नेपाल सहभागि छ । हाम्रो गन्तव्य संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै होइन, हाम्रो सपना वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्ग विहिन, शोषणविहिन, देशविहिन, जाति विहिन साम्यवादमा पुर्‍याउने हाम्रो आदर्श छ । हामी त्यसमा जान चाहान्छौँ । तर आजको संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर, देशलाई अरुअरुको जिम्मा लाएर जान सकिदैनँ । यो कुरा स्पष्ट हो । यसको नेतृत्वपनि क्रान्तिकारीहरु, समाजवादीहरु, कम्युनिस्टहरु, वामपन्थीहरु, देशभक्त, गणतन्त्रवादीहरुले नै गर्नुपर्छ भन्ने हाम्रो सुस्पष्ट धारणा छ ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताउनु भयो । आफूहरुको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उहाँको भनाई छ ।