२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

राष्ट्रियसभाको अध्यक्षको अडानबाट ब्याक हुने प्रचण्डको संकेत

राष्ट्रियसभाको अध्यक्षको अडानबाट ब्याक हुने प्रचण्डको संकेत
file photo
अ अ+ अ-

काठमाडौं । नेपालको राजनीति हो जुनसुकै बेला जे पनि हुनसक्छ । गणतन्त्र स्थापनापछि यस्तै घटना भएका छन् । चुनावका लागि समीकरण बनाउन, पार्टी एकता गर्न होस् या सरकार गठन र विघटनका गर्न नै किन नहोस् । जनताले अपेक्षा गरेको र अनुमान लगाएको भन्दा फरक ढंगले राजनीति अघि बढेको उदाहरण छ । अहिले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच राष्ट्रिय सभाको अध्यक्ष को भन्ने विषयलाई लिएर दुरी बढेको छ ।

पाँच वर्षसम्म कुनै पनि हालतमा गठबन्धन भत्किन नदिने पूर्वप्रतिबद्धता विपरित माओवादी केन्द्रका नेताहरु राष्ट्रिय सभाको अध्यक्ष आफूहरुलाई नदिए जे पनि हुनसक्ने चेतावनी दिन थालेका छन् । गठबन्धन दलभित्र भएको पूर्वसहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष आफूले पाउनुपर्ने दाबी कांग्रेसको छ । यसअघि गठबन्धन दलमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने सहमति भएको थियो । तर अहिले माओवादी केन्द्रले त्यसलाई स्वीकार गर्न सकेको छैन । उसले आफ्नै उम्मेदवार उठाउने औपचारिक निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेसको शेखर–गगन समूहको दबाबमा महासमिति बैठकबाट चुनावी गठबन्धन नगर्ने निर्णय पारित भएपछि बिच्किएका प्रधानमन्त्री दाहाललाई फकाउन सभापति शेरबहादुर देउवा लागी परेका छन् । दाहाल र देउवाबीच पटकपटक औपचारिक छलफल नै भइसकेको छ । उनीहरु भएको छलफलमा दुरी बढाउने काम भएको छैन । बरु मिलेरै जाने र गठबन्धनलाई दीर्घकालीन बनाउने सहमति भएको छ । तर कांग्रेसका केही नेताका कारण दाहालले सभापति देउवाको विश्वास गर्न सकिरहेका छैनन् । तर पनि शुक्रबार चितवनको भरतपुर महोत्सवक उद्घाटन गर्दा सँगै देखिएका दाहाल र देउवाले सार्वजनिक रुपमा आरोप प्रत्यारोप र राष्ट्रिय सभाको अध्यक्षको कुरा गरेनन् । देउवाले गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गरे पनि प्रधानमन्त्री दाहालले यस विषयमा खासै टिप्पणी गरेनन् । बरु उनले विकास र पूर्वाधारको कुरा गरे ।

दुई नेताबीच भएको छलफलमा मध्यमार्गी प्रस्ताव तयार पारेर त्यसमै सहमति जुटाउने कुरा भएको छ । त्यसका लागि गठबन्धन दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरु लागी परेका छन् । समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनको सबैभन्दा ठूलो चिन्ता छ । अहिले राष्ट्रिय सभाको अध्यक्षको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेमा गठबन्धन टुट्ने भन्दै नेपाल र यादवले मध्यमार्गी प्रस्ताव अघि बढाउँदै छन् । त्यो भनेको प्रधामन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने र असन्तुष्ट तथा विवादमा परेका मन्त्रीलाई हटाउने । यसो भएमा प्रधानमन्त्री दाहाल सन्तुष्ट हुने बुझाइ नेपाल र यादवको छ । दाहालले मन्त्रिपरिषद् फेरबदल गर्ने सहमति पाए राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई छोड्न तयार हुने बुझाइ नेताहरुको छ ।

प्रधानमन्त्री दाहालले गत माघ १० गतेदेखि नै मन्त्रिपरिषद् फेरबदल गर्न खोजेको छ । तर कांग्रेस सभापति देउवाले त्यसलाई रोकेका छन् । काम गर्न नसक्ने मन्त्रीलाई हटाउन खोज्दा देउवाले नदिएपछि दाहाल असन्तुष्ट बनेका थिए । अहिले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेर कांग्रेसलाई दबाब दिने र अन्तिममा मन्त्रिपरिषद् फेरबदलको सर्तमा अडान छाड्ने मनस्थितिमा दाहाल पुगेका हुन् । त्यसो भएमा आफूले चाहेअनुसारका मान्छेलाई मन्त्री बनाउने दाउ प्रधानमन्त्रीको छ । योसँगै सभापति देउवाको सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने उद्देश्य पनि पूरा हुने छ । दुवैको स्वार्थ मिल्ने भएपछि गठबन्धन पनि भत्किने छैन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवले दाहाल र देउवाको स्वार्थ पूरा हुने गरी गठबन्धनमा प्रस्ताव लैजाने तयारी गरेका छन् । त्यसका लागि उनीहरुबीच अनौपचारिक छलफल भइसकेको छ । यो कुरा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाको कानमा पुर्‍याइएको छ । यसमा दुवै नेता सकारात्मक देखिएका छन् । तर गठबन्धन दलको बैठक बस्ने दिन टुंगो लागेको छैन । उनीहरुले प्रधानमन्त्री दाहाललाई गठबन्धनको बैठक बोलाउन सुझावसमेत दिइसकेका छन् । सम्भवत: प्रधानमन्त्री दाहालले राष्ट्रिय सभाका सांसदको सपथ लिने दिन फागुन २१ गते गठबन्धनको बैठक बोलाउने र एउटा सहमति गरेर सकारात्मक सन्देश दिने तयारी गरेका छन् ।