• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने ★   रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री ★   अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे ★   वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित

राष्ट्रियसभाको अध्यक्षको अडानबाट ब्याक हुने प्रचण्डको संकेत



file photo

काठमाडौं । नेपालको राजनीति हो जुनसुकै बेला जे पनि हुनसक्छ । गणतन्त्र स्थापनापछि यस्तै घटना भएका छन् । चुनावका लागि समीकरण बनाउन, पार्टी एकता गर्न होस् या सरकार गठन र विघटनका गर्न नै किन नहोस् । जनताले अपेक्षा गरेको र अनुमान लगाएको भन्दा फरक ढंगले राजनीति अघि बढेको उदाहरण छ । अहिले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच राष्ट्रिय सभाको अध्यक्ष को भन्ने विषयलाई लिएर दुरी बढेको छ ।

पाँच वर्षसम्म कुनै पनि हालतमा गठबन्धन भत्किन नदिने पूर्वप्रतिबद्धता विपरित माओवादी केन्द्रका नेताहरु राष्ट्रिय सभाको अध्यक्ष आफूहरुलाई नदिए जे पनि हुनसक्ने चेतावनी दिन थालेका छन् । गठबन्धन दलभित्र भएको पूर्वसहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष आफूले पाउनुपर्ने दाबी कांग्रेसको छ । यसअघि गठबन्धन दलमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने सहमति भएको थियो । तर अहिले माओवादी केन्द्रले त्यसलाई स्वीकार गर्न सकेको छैन । उसले आफ्नै उम्मेदवार उठाउने औपचारिक निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेसको शेखर–गगन समूहको दबाबमा महासमिति बैठकबाट चुनावी गठबन्धन नगर्ने निर्णय पारित भएपछि बिच्किएका प्रधानमन्त्री दाहाललाई फकाउन सभापति शेरबहादुर देउवा लागी परेका छन् । दाहाल र देउवाबीच पटकपटक औपचारिक छलफल नै भइसकेको छ । उनीहरु भएको छलफलमा दुरी बढाउने काम भएको छैन । बरु मिलेरै जाने र गठबन्धनलाई दीर्घकालीन बनाउने सहमति भएको छ । तर कांग्रेसका केही नेताका कारण दाहालले सभापति देउवाको विश्वास गर्न सकिरहेका छैनन् । तर पनि शुक्रबार चितवनको भरतपुर महोत्सवक उद्घाटन गर्दा सँगै देखिएका दाहाल र देउवाले सार्वजनिक रुपमा आरोप प्रत्यारोप र राष्ट्रिय सभाको अध्यक्षको कुरा गरेनन् । देउवाले गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गरे पनि प्रधानमन्त्री दाहालले यस विषयमा खासै टिप्पणी गरेनन् । बरु उनले विकास र पूर्वाधारको कुरा गरे ।

दुई नेताबीच भएको छलफलमा मध्यमार्गी प्रस्ताव तयार पारेर त्यसमै सहमति जुटाउने कुरा भएको छ । त्यसका लागि गठबन्धन दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरु लागी परेका छन् । समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनको सबैभन्दा ठूलो चिन्ता छ । अहिले राष्ट्रिय सभाको अध्यक्षको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेमा गठबन्धन टुट्ने भन्दै नेपाल र यादवले मध्यमार्गी प्रस्ताव अघि बढाउँदै छन् । त्यो भनेको प्रधामन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने र असन्तुष्ट तथा विवादमा परेका मन्त्रीलाई हटाउने । यसो भएमा प्रधानमन्त्री दाहाल सन्तुष्ट हुने बुझाइ नेपाल र यादवको छ । दाहालले मन्त्रिपरिषद् फेरबदल गर्ने सहमति पाए राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई छोड्न तयार हुने बुझाइ नेताहरुको छ ।

प्रधानमन्त्री दाहालले गत माघ १० गतेदेखि नै मन्त्रिपरिषद् फेरबदल गर्न खोजेको छ । तर कांग्रेस सभापति देउवाले त्यसलाई रोकेका छन् । काम गर्न नसक्ने मन्त्रीलाई हटाउन खोज्दा देउवाले नदिएपछि दाहाल असन्तुष्ट बनेका थिए । अहिले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेर कांग्रेसलाई दबाब दिने र अन्तिममा मन्त्रिपरिषद् फेरबदलको सर्तमा अडान छाड्ने मनस्थितिमा दाहाल पुगेका हुन् । त्यसो भएमा आफूले चाहेअनुसारका मान्छेलाई मन्त्री बनाउने दाउ प्रधानमन्त्रीको छ । योसँगै सभापति देउवाको सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने उद्देश्य पनि पूरा हुने छ । दुवैको स्वार्थ मिल्ने भएपछि गठबन्धन पनि भत्किने छैन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवले दाहाल र देउवाको स्वार्थ पूरा हुने गरी गठबन्धनमा प्रस्ताव लैजाने तयारी गरेका छन् । त्यसका लागि उनीहरुबीच अनौपचारिक छलफल भइसकेको छ । यो कुरा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाको कानमा पुर्‍याइएको छ । यसमा दुवै नेता सकारात्मक देखिएका छन् । तर गठबन्धन दलको बैठक बस्ने दिन टुंगो लागेको छैन । उनीहरुले प्रधानमन्त्री दाहाललाई गठबन्धनको बैठक बोलाउन सुझावसमेत दिइसकेका छन् । सम्भवत: प्रधानमन्त्री दाहालले राष्ट्रिय सभाका सांसदको सपथ लिने दिन फागुन २१ गते गठबन्धनको बैठक बोलाउने र एउटा सहमति गरेर सकारात्मक सन्देश दिने तयारी गरेका छन् ।