८ पुष २०८२, मंगलवार
,
Latest
रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन दिन मौसम सफा हुने



अ+ अ-

काठमाडौं । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ”, उहाँले भन्नुभयो । 

पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझापख मौसममा परिवर्तन भएको मौमसविद्को भनाइ छ । अबको तीन दिन भने मौसम सफा हुने बताइएको छ । 

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस