१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङमाथि चौधरीले ठट्टा गर्दै भने– मेरो एक वर्षको कमाई तपाईंको एउटै फिल्ममा हुन्छ जस्तो छ



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् ।

फिल्म ‘डिग्री माइला’को केही अगाडि सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राईको एउटा संवादमा सिजी ग्रुपले ४ लाखको अफर गर्दा पनि आफूले काम नगरेको भन्ने छ ।

उक्त संवादप्रति सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ, त दयाहाङजी, हैट !’ उनले आफ्नो वार्षिक कमाइभन्दा धेरै दयाहाङले यही फिल्मबाट कमाउने भन्दै चौधरीले कटाक्ष गरेका हुन् । उनले यो पोस्टमा अभिनेता दयाहाङलाई समेत ट्याग गरेका छन् ।

‘डिग्री माइला’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउनेछ । फिल्ममा दयाहाङका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईँ लगायतको अभिनय छ । शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशाको कथा फिल्मले बताउँछ ।