१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिहानाले अनन्त–राधिकाको प्रि–वेडिङका लागि लिइन् ६५ करोड पारिश्रमिक



अ+ अ-

एजेन्सी । ग्लोबल फेम गायिका रिहाना अर्बपति व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा सहभागी भएकी छिन् । कार्यक्रममा शानदार प्रदर्शन गर्न रिहाना बिहीबार गुजरातको जामनगर पुगेकी थिइन् । पप रानीको आगमनअघि उनको लागि विशेष व्यवस्था गरिएको थियो ।

जङ्गल फेम कारदेखि ठूला कन्टेनरहरू कार्यक्रम स्थलमा लैजानेसम्म, रिहाना र उनको टोलीको हरेक आवश्यकताको ख्याल राखिएको थियो । यसैबीच, यदि मिडिया रिपोर्टहरू विश्वास गर्ने हो भने, रिहानाले अम्बानी परिवारको यस उत्सवमा सहभागी हुन करोडौं शुल्क लिएकी छिन् ।

जामनगरमा रिहानाको उपस्थितिको ठूलो मूल्य छ । मेलअनलाइनका अनुसार ग्रामी विजेता गायकलाई ५० लाख अमेरिकी डलर अर्थात् करिब (४१.४ करोड भारु, नेरु ६५ करोड) भुक्तान गरिएको थियो । यो अचम्मको कुरा होइन किनकि अम्बानीले यसअघि २०१८ मा आफ्नी छोरी ईशाको विवाहमा प्रदर्शन गर्न बियोन्सेलाई ६ मिलियन अमेरिकी डलर तिरेका थिए ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोह भव्य हुने अनुमान गरिएको छ । विवाहपूर्व उत्सवहरूले पाहुनाहरूलाई भारतीय संस्कृतिको सौन्दर्य अनुभव गर्न अनुमति दिनेछ । उनीहरूले कच्छ र गुजरातको लालपुरका महिला कारीगरहरूले बनाएको परम्परागत स्कार्फ उपहार स्वरूप पाउनेछन् । प्रि(वेडिङ समारोहमा बलिउडदेखि हलिउडसम्मका सेलिब्रेटीहरू सहभागी हुनेछन् ।