मेलबोर्नः अस्ट्रेलियन ओपन टेनिसको यस वर्ष सन् २०२१ को महिला एकलतर्फको उपाधि जापानी टेनिस खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।
विश्व वरियतामा तेस्रो स्थानमा रहेकी ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई सोझो ६–४, ६–३ को सेटमा पराजित गरिन् ।
यो ओसाकाको चौथो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले सन् २०१९ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् भने सन् २०१८ र सन् २०२० मा युएस ओपन जितेकी थिइन् ।
रड लाभर एरेनामा खेलिएको यो म्याच हेर्न कोरोनाभाइरस कारण देखाउँददै करिब सात हजार दर्शकलाई मात्र रंगशालामा प्रवेश दिइएको थियो ।
अब आइतबार पुरुष एकलतर्फको फाइनल खेल हुँदैछ । फाइनलमा नोभाक जोकोभिच र डानी मेडभेडेभबीच भिडन्त हुनेछ । एपी











