२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप



अ+ अ-

लहान । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल  र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट  खोप लगाइएको  कर्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।  

खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नीजामति कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।