८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टोकियोमा इन्जाको अन्तर्राष्टिय सम्मेलन शुरु

टोकियोमा इन्जाको अन्तर्राष्टिय सम्मेलन शुरु
अ+ अ-

टोकियो (जापान) । जापानको राजधानी टोकियोमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) को अन्तर्राष्टिय सम्मेलन—२०२४ शुरु भएको छ ।बिहीवारबाट जापानको राजधानी टोकियोमा सम्मेलन शुरु भएको हो । सम्मेलनलाई जापानका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्नुभयो ।

सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्‍याउन आह्वान गर्नुभयो । उहाँले जापान र नेपालको सम्बन्ध सन् १९५६ कुटनीतिक रुपमा औपचारिक सम्बन्ध रहेको बताउँदै नेपाल रजापानबीच जनस्तरकासँग धार्मिक र संस्कृतिक सम्बन्ध रहेको बताउनु भयो ।

उहाँले नेपाल र जापानबीच सामाजिक, धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध कायम रहेको बताउनु भयो । उहाँले जापान नेपाली शिक्षाको इतिहासले जोडिएको बताउनु भयो । गोदावरी फूल र हलुवावेद जापानबाटै नेपालमा आइपुगेको दाबीसमेत गर्नुभयो । ईन्जाले अप्ठारोमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्‍याएको योगदान महत्वपूर्ण भएको जिकिर गर्नुभयो ।

उहाँले इन्जाको पवित्र उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्‍याउन अन्य संघसंस्थाहरुलाई आग्रह गर्नुभयो । नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा नि:स्वार्थ रुपले जापानले गर्दै आइरहेको सहयोगको उच्च मूल्यांकन गर्दै उहाँले जनस्तरमा समेत सम्बन्ध बिस्तार हुँदै गइरहेको धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनमा ईन्जाका अध्यक्ष गुणराज लुइँटेलले आगामी दिनमा ईन्जालाई अझै व्यवस्थित ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वभर रहेको पत्रकारहरुबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा यसको दृष्टिकोण र लक्ष्यअनुरुपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गर्नुभयो । नेपालमा पत्रकारिताको अध्ययन र श्रीवृद्धिका लागि नेपाल पत्रकार महासंघसँगको सहकार्यमा विश्वभरका पत्रकार, पत्रकारको क्षमता र दक्षता अभिवृद्धिका लागि इन्जाले काम गरिरहेको उल्लेख गर्नुभयो ।

सन् २०१८ मा स्थापित इन्जाको अमेरिकामा मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरु स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारहरुलाई उपचार लगायत आवश्यक सहयोग गर्दै आइरहेको छ । पत्रकारिताको विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट इन्जाका केन्द्रिय सदस्य ध्रुव पौडेल, विनेश खनाल, इन्जा एशियाका सदस्यहरु भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पिया लगायतको सहभागी रहेको छ ।

ईन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शितल, सचिव दीपक रिजाल, केन्द्रिय सदस्य रिता सापकोटा, एशिया शाखाका अध्यक्ष टंक पन्त, उपाध्यक्ष आनन्द कोईराला, एनआरएनए एशिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाल लगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरुलाई गोलवद्ध गर्न पुर्‍याइरहेको योगदानका विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल