• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

स्वरोजगार मजदुरमाथि भएको कुटपिटबारे महानगरले थाल्यो छानबिन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारामा स्वरोजगार मजदुरमाथि भएको बल प्रयोगबारे छानबिन गर्न एसएसपी राजु पाण्डेलाई बोलाएको छ ।

बुधवार साँझ स्वरोजगार मजदुरमाथि बल प्रयोगभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न पाण्डेलाई बोलाएको जानकारी दिए ।

डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले बुधबार सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूमाथि हातपात गर्नुको साथै सामान समेत लुटपाट गरेर लगेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आरोप छ ।

स्वरोजगार मजदुरमाथि नगर प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको, लछारपछार गरेको, आमाचकारी गालीगलौज गरेको , सामानहरू फ्याँकी लुटपाट गरेका र मरणासन्न हुने गरी घाइते बनाएको संघले जनाएको छ ।

सोहि घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न पाण्डेलाई बोलाइएको हो ।