३ आश्विन २०८१, बिहीबार
,
Latest
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ]
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ४ वटाको प्रगति ८० प्रतिशत भन्दा बढी: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ४ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि भएको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ३ वटा सम्पन्न भइसकेका बताउनुभएको हो । उहाँले ४ वटाको प्रगति ८० प्रतिशत माथि, ६ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र ६ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिनुभयो ।

त्यस्तै ५ वटाको प्रगति १० प्रतिशत मुनी रहेको उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहालले सुनकोशी–मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताउनु भयो । त्यस्तै विद्युत प्रशारण आयोजना भर्खर कार्यान्वयनमा गएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडी बढेको उहाँको भनाई छ । उहाँले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र नेपाल टेलिकम लगायतसँग छलफल भएको बताउनु भयो । सो आयोजनालाई पेट्रोलियम पदार्थमा लगाइएको पुर्वाधार करबाट प्रतिलिटर ५ रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनु भयो । त्यस्तै व्यक्तिको अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले हुलाकी राजमार्गका बाँकी पुलहरुको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी आ.व.को बजेट तर्जुमाका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिइएको बताउनु भयो । उहाँले जयनगर–जकपुर–कुर्था–भगाहा रेलवेमा कम्पनीको जनशक्ति व्यवस्थाका लागि तालिमको व्यवस्था गर्न भारत सरकारसँग आवश्यक समन्वय भइरहेको बताउनु भयो । त्यस्तै काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रवेश बिन्दु रहने खोकनाको जग्गा अधिग्रहणका लागि स्थानीय समुदायसँग छलफल भइरहेको उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहालले वैकल्पिक व्यवस्था गरी मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको बताउनु भयो । उहाँले आयोजनाको हेडवक्र्स सम्मको पहुँचमार्ग हिउँदमा सञ्चालन हुनेगरी पुन:निर्माण गरिएको पनि बताउनु भयो ।