५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियन ओपन : नाडालले मेदभेदेवलाई हराएर कीर्तिमान २१ औँ ग्रान्ड स्लाम जिते



अ+ अ-

मेलबर्न । राफेल नाडालले आइतबार दुई सेटबाट पछाडि फर्किएर ड्यानिल मेदभेदेवलाई हराउँदै अस्ट्रेलियन ओपन जितेका छन्। उनको यो ऐतिहासिक २१औँ ग्राण्डस्लाम उपाधि हो ।

३५ वर्षीय नाडालले पाँच घण्टा २४ मिनेटको खेलमा २–६, ६–७(५), ६–४, ६–४, ७–५ को सेटमा फाइनल खेल जितेका हुन् ।

यो जितसँगै रोजर फेडेरर र नोभाक जोकोभिचलाई पछि पार्दै उनी सबै समयको महान् पुरुष खेलाडी बनेका छन् । फेडेरर र जोकोभिचले समान २०औँ ग्राण्डस्लाम उपाधि चुमेका छन् । एजेन्सी