• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट



काठमाडौँ : भारत भ्रमणमा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा हुनुहुन्छ । रासस