• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

महायज्ञमा जल बहस– ‘सम्पदा जोगाउन अहिल्यैदेखि लागौं’



बलेवा । पञ्चकोटबाट उत्तर फर्किंदा धौलागिरि र यसको काख आसपासका हिमालमा काला धब्बा देखिन्छन् । माछापुच्छ«े हिमालले पहिलाजस्तो अहिले मुस्कान दिन छोडेको छ । घामसँगै टल्किने हिमाल अहिले मधुरो छ ।

बिहान सबेरै उठेर हेर्दा सुनौला देखिने हिमालको चमक अहिले हराएजस्तो छ । कताकता कालो देखिन्छ माछापुच्छ«े । उता हिमलाको छायाँ उज्यालो छैन भने यता मानव बस्ती पनि सफा अनि स्वस्थ छैनन् । घरबस्ती वरपर बुङ्ग उढेको धुलोले बाटोसमेत देखिँदैन । घरघरका धुरीमा बसेको धुलोले चम्किलो होइन, कैलो बनाउँदैछ बस्ती ।

वायु प्रदूषणको अवस्था उस्तै छ । चिसो र गर्मी मौसम पहिलेजस्तो सौहाद्र्र छैन । चिसोमा खप्नै नसक्ने चिसो छभने गर्मीयाम अस्वाभाविक छ । जल, जलचर र जनावर ठाउँ र मौसमअनुसार रमाउन छोडिसके । यहाँसम्मकी हिमाली भेगतिरै छ्याप्छ्याप्ती पाइन थाले लामखुट्टे । हिमाली जन्तु हिमालमा कमै मात्र पाइन्छन् । सायद यी सबै कारणको असर हुनसक्छ पानीका मुहान सुक्न थालेका छन् अनि स्थानीय र अग्र्यानिक बीउ र फसल पाइन छोडेका छन् ।

बागलुङको सर्वसिद्धि धाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको सातौँ दिन सोमबार यस्तै विषयमा चर्चा भयो । यही फागुन ९ देखि सुरु भई २३ गतेसम्म सञ्चालन हुने सो महायज्ञमा हरेक दिन नयाँ नयाँ विषयमा राष्ट्रिय बहस हुने गरेको छ । सोमबार यहाँ आयोजित राष्ट्रिय सुरक्षा प्रणाली र न्यायिक पद्धतिको कार्यान्वयन सम्मेलनमा सहभागी वक्ताहरुले यी र यस्तै विषयमा चिन्ता व्यक्त गरे ।

सो महायज्ञको उद्देश्य जल सम्पदाको संरक्षणका लागि विश्वमा यसको सन्देश दिन निर्माण गर्न लागिएको विश्वशान्ति कलशको पूर्णता पनि एक हो । विश्वमा जलसम्पदाको अभाव हुँदै गएको अहिलेको अवस्था भोलिसम्म यस्तै रह्यो भने यो पृथ्वीका चराचर जगत्को अवस्था कस्तो रहला भन्ने विषयमा यहाँ बहस भइरहेको छ ।

सर्वसिद्धिधाम पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले सुरु गर्नुभएको सो अभियानअन्तर्गत पञ्चकोटमा दुई हजार पाँच सय मानिस अट्नसक्ने एक सय आठ फिट अग्लो कलश निर्माण गर्न लागिएको हो । यस महायज्ञका परिकल्पनाकार स्वामी कमलनयनाचार्य भन्नुहुन्छ, “हाम्रो मातृभूमि जल, जङ्गल र वनौषधिका लागि विश्वकै धनी हो । यही देवदेशले नै जलसम्पदा संरक्षणको सन्देश विश्वमै दिनुपर्दछ भन्ने हाम्रो मान्यता पनि हो । त्यसैले जल संरक्षणको प्रतीकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिनु हाम्रो कर्तव्य हुन आउँछ ।”

उहाँ भन्नुहुन्छ “मानवीय कारणले नै अहिले विश्वमा धेरै सङ्कट देखिँदै गएको छ । जलवायु परिवर्तन यस्तै एउटा नयाँ सङ्कटको स्वरुप हो र यसले नै विश्वमा निकट भविष्यमै पानीको सङ्कट निम्त्याउने छ । जल नै नरहे यो चराचर जगत् कसरी चल्छ रु यस विषयमा यो पुस्तालाई अहिल्यैदेखि सचेत, सजग र जानकार गराउनु जरुरी छ । यस महायज्ञका उद्देश्यहरुमध्ये पञ्चकोटबाट जल सम्पदा संरक्षणको सन्देश दिनु पनि एक हो । यसका लागि विश्वशान्ति गण्डकी कलशको पूर्णता आवश्यक छ ।”

सोमबारको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले वायु प्रदूषणका कारण पानीको अभाव हुँदै गएकाले अबको विश्वयुद्ध पानीको अभावकै कारणले हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिले विश्व जलवायुको ठूलो सङ्कटमा रहेको र अहिले विश्वको जलवायु पनि बिगिँ्रदो अवस्थामा रहेको बताउनुभयो ।

“हिमालमा हिउँ रहेनभने हिमाल, हिमाल रहँदैन पहाड मात्र रहन्छ,” उहाँले भन्नुभयो, “हिमाली जडीबुटी र हिमालमा रहने जलचल र स्थलचल घटेर जान्छ । जुन प्रणाली हुन्थ्यो त्यो हुँदैन । यसको परिणाम जलको आपूर्ति घटेर जान्छ । मानवका लागि नभई नहुने पानी हो । त्यसैले अबको विश्वयुद्ध सायद पानीका कारण हुनसक्छ किनभने अहिले नै विश्वमा पानीको अभाव भइसक्यो ।”

उहाँले आफूले एक दशकअगाडि बैङ्ककमा भएको न्यायसम्बन्धी कार्यक्रममा अन्य देशका कारणले वायुप्रदूषण बढिरहेको र नेपालको हिमालमा त्यसको असर देखापरेको भनाइ राखेको स्मरण गर्नुभयो ।

“अहिले हिमालमा हिउँ पग्लिएको छ । हिमाल कालो हुँदैछ । यो सब हामी नेपालीले गर्दा होइन तर परिणाम भने हामीले नै भोग्नुपरेको छ । हिउँ कालो हुँदा हाम्रो जीवन, मानवीय अस्तित्व र मानव सभ्यतामा नै असर पर्छ,” उहाँले भन्नुभयो, “यसको अन्तर्राष्ट्रिय जवाफदेहितासम्बन्धी संहिता निर्माण हुनुपर्छ जसले हामीलाई जवाफ दिनुपर्छ । मैले बैङ्ककमा एक दशकअगाडि नै न्यायसम्बन्धी कार्यक्रममा यो प्रश्न उठाएको थिएँ । यसको सान्दर्भिकता अहिले झन् बढेर गएको छ ।”

मानव सभ्यतालाई नै जोगाउनका लागि जलवायु न्यायको आवश्यकता रहेको उहाँले बताउनुभयो । अब यसका पीडितहरु प्रकृतिका मात्र पीडित नभएर मानवीय कारणले उत्पन्न समस्या भएकाले यसका विरुद्धमा आवाज उठाउन अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले राज्यको गठन हुनुपछाडिको मुख्य उद्देश्य नागरिकलाई न्याय प्रदान गर्नु रहेको बताउनुभयो । पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सुरक्षा, विकास र न्याय एकआपसमा सम्बन्धित भएको बताउनुभयो । उहाँले न्याय नभएसम्म सुरक्षा र विकास नहुने र कानुनी राज्यमा सबै समान हुँदा सुरक्षा विना विकास नहुने बताउनुभयो । उहाँले कानुनी शासन, विकास र न्यायमा नागरिकको कर्तव्यको साथसाथै अधिकार पनि जोडिन आउने हुँदा दुवैलाई नागरिकले भुल्न नहुने बताउनुभयो ।

सोमबारको सो सत्रको सञ्चालन गर्दै नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले अहिलेको युगमा जलवायु न्याय सबैभन्दा महत्वपूर्ण र संवेदनशील हुँदै गएको धारणा राख्नुभयो । रासस