२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा बारपाकमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला



अ+ अ-

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमार गुरुङ र १३ वर्षीया उषा गुरुङ मृत फेला परेका हुन् । 

आज बिहान अबेरसम्म पनि घरमा कोही नउठेपछि छिमेकले डिलबहादुरको घरमा पुगेर हेर्दा तिनै जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

घटनाको थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ।