१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

नन्दिता केसीले गरिन् डाक्टरसँग इन्गेजमेन्ट, फागुन १९ गते विवाह



अ+ अ-

काठमाडौं। अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाधिने भएकी छन् । नन्दिताले दिनअघि क्यानडामा कार्डियोलोजिस्ट डा अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी छिन् ।

सामाजिक सञ्जालमा नन्दिताले आफ्नो जीवनको नयाँ यात्राको सुरुवात बारे जानकारी गराएकी हुन् । सामाजिक सञ्जालमा अरविन्द्रले औंठी लगाइदिएको तस्वीर सेयर गर्दै नन्दिताले लेखेकी छिन्,‘जीवनको नयाँ यात्राको सुरुवात‘ मैले हुन्छ भने ।

नन्दिता र अरविन्द्रको विवाह फागुनको १९ गते शनिबार काठमाडौंमा हुने बताइएको छ । उनीहरुको मागी विवाह हुन लागेको हो ।

नन्दिताले ‘इन्द्रेणी’, ‘कैफियत’, ‘बाटोमुनिको फूल’, ‘हामी तीन भाई’, ‘युगदेखि युगसम्म’, ‘निशाना’, ‘जंगबहादुरको कोट’, ‘सपना’, ‘मृगतृष्णा’ लगायतका फिल्ममा काम गरेकी छिन् ।