• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

सुशान्त जस्तै आत्महत्या गर्न चाहन्थे विवेक ओबेरोय



एजेन्सी । बलिउड अभिनेता विवेक ओबेरोय दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको अन्त्येष्टिमा सहभागी २० जनामध्ये थिए । हालै ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा विवेकले सुशान्त र मानसिक स्वास्थ्यको बारेमा कुरा गरेका थिए । विवेक आफैं पनि खराब समयबाट गुज्रिएका छन्, जब उनले सुशान्त जस्तै मर्ने सोचेका थिए ।

विवेक ओबेरोयले अन्तर्वार्तामा भने, ‘मैले सुशान्तलाई भेटेको थिएँ, उनी राम्रो, प्रतिभाशाली व्यीक्त थिए । उनको निधन चलचित्र क्षेत्रको लागि ठूलो क्षति हो । इमानदारीपूर्वक भन्नुपर्दा, मेरो जीवनमा एकदमै अँध्यारो चरण आएको छ, विशेष गरी जब व्यावसायिकदेखि व्यक्तिगतसम्म सबै खराब हुँदै गइरहेको थियो । सुशान्तले जे गरे मैले सोचेको थिइनँ भन्ने होइन ।’

सुशान्तको अन्त्येष्टिको बारेमा थप कुरा गर्दै उनले भने, ‘सुशान्तको अन्त्येष्टिमा २० जना मात्रै आउन अनुमति दिइएको थियो र तीमध्ये म पनि एक थिएँ । बुबाको रसाएको आँखा देखेँ । सुशान्तलाई हेरेर म मात्र सोचिरहेको थिएँ साथी, तिमि जाँदा के भयो, तिमीलाई माया गर्ने मान्छेको हालत कस्तो छ, त्यो देख्न पाए हुन्थ्यो भने, तिमीले कहिल्यै यस्तो कदम चाल्ने थिएनौं ।’

विवेक थप भन्छन्, ‘आफ्नो दिमागमा सबै कुरा छिटो चलाउनुहोस्, सोच्नुहोस् कि तपाइँ आफ्नो जीवन समाप्त गरेपछि तपाईलाई माया गर्ने मानिसहरूलाई के गर्नुहुन्छ । तपाईं आफ्ना प्रियजनहरूलाई पीडा दिन चाहनुहुन्न । प्रेम र प्रकाश तिर जानुहोस् । म भाग्यमानी थिएँ कि मसँग घर र परिवार थियो जसले मलाई त्यस समयमा समर्थन गर्यो । भुइँमा बसेर आमाको काखमा टाउको राखेर बच्चाझैँ रोएँ ।’

विवेक ओबेरोयले २ वर्षको ब्रेकपछि रोहित शेट्टीको सिरिज द पुलिस फोर्सबाट कमब्याक गरेका छन् । यो सिरिज १७ जनवरीमा अमेजन प्राइममा रिलिज भएको थियो । सिरिजमा विवेकसँगै शिल्पा शेट्टी र सिद्धार्थ मल्होत्रा ​​पनि महत्वपूर्ण भूमिकामा छन् ।