२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी

सुशान्त जस्तै आत्महत्या गर्न चाहन्थे विवेक ओबेरोय

सुशान्त जस्तै आत्महत्या गर्न चाहन्थे विवेक ओबेरोय
अ अ+ अ-

एजेन्सी । बलिउड अभिनेता विवेक ओबेरोय दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको अन्त्येष्टिमा सहभागी २० जनामध्ये थिए । हालै ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा विवेकले सुशान्त र मानसिक स्वास्थ्यको बारेमा कुरा गरेका थिए । विवेक आफैं पनि खराब समयबाट गुज्रिएका छन्, जब उनले सुशान्त जस्तै मर्ने सोचेका थिए ।

विवेक ओबेरोयले अन्तर्वार्तामा भने, ‘मैले सुशान्तलाई भेटेको थिएँ, उनी राम्रो, प्रतिभाशाली व्यीक्त थिए । उनको निधन चलचित्र क्षेत्रको लागि ठूलो क्षति हो । इमानदारीपूर्वक भन्नुपर्दा, मेरो जीवनमा एकदमै अँध्यारो चरण आएको छ, विशेष गरी जब व्यावसायिकदेखि व्यक्तिगतसम्म सबै खराब हुँदै गइरहेको थियो । सुशान्तले जे गरे मैले सोचेको थिइनँ भन्ने होइन ।’

सुशान्तको अन्त्येष्टिको बारेमा थप कुरा गर्दै उनले भने, ‘सुशान्तको अन्त्येष्टिमा २० जना मात्रै आउन अनुमति दिइएको थियो र तीमध्ये म पनि एक थिएँ । बुबाको रसाएको आँखा देखेँ । सुशान्तलाई हेरेर म मात्र सोचिरहेको थिएँ साथी, तिमि जाँदा के भयो, तिमीलाई माया गर्ने मान्छेको हालत कस्तो छ, त्यो देख्न पाए हुन्थ्यो भने, तिमीले कहिल्यै यस्तो कदम चाल्ने थिएनौं ।’

विवेक थप भन्छन्, ‘आफ्नो दिमागमा सबै कुरा छिटो चलाउनुहोस्, सोच्नुहोस् कि तपाइँ आफ्नो जीवन समाप्त गरेपछि तपाईलाई माया गर्ने मानिसहरूलाई के गर्नुहुन्छ । तपाईं आफ्ना प्रियजनहरूलाई पीडा दिन चाहनुहुन्न । प्रेम र प्रकाश तिर जानुहोस् । म भाग्यमानी थिएँ कि मसँग घर र परिवार थियो जसले मलाई त्यस समयमा समर्थन गर्यो । भुइँमा बसेर आमाको काखमा टाउको राखेर बच्चाझैँ रोएँ ।’

विवेक ओबेरोयले २ वर्षको ब्रेकपछि रोहित शेट्टीको सिरिज द पुलिस फोर्सबाट कमब्याक गरेका छन् । यो सिरिज १७ जनवरीमा अमेजन प्राइममा रिलिज भएको थियो । सिरिजमा विवेकसँगै शिल्पा शेट्टी र सिद्धार्थ मल्होत्रा ​​पनि महत्वपूर्ण भूमिकामा छन् ।